काठमाडौं– नेकपा एमालेले मकवानपुर जिल्लाका १० वटै स्थानीय तहका उम्मेदवारहरुको टुंगो लगाएको छ।
बागमती प्रदेशको मुकाम समेत रहेको हेटौँडा उपमहानगरपालिकासहित जिल्लाका १० वटै पालिकाको प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष, वडाध्यक्ष र सदस्य पदका उम्मेदवारको टुंगो लगाइएको एमालेका नेताहरुले जनाएका छन्।
एमालेले हेटौँडा उपमहानगरपालिकाको मेयरमा अनन्तप्रसाद पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ। यस्तै, उपमेयरमा सुमित्रा काफ्लेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
जिल्लाका १० वटै स्थानीय तहमा एमाले उम्मेदवारहरु:
१) हेटौँडा उपमहानगरपालिका
मेयर : अनन्तप्रसाद पौडेल
उपमेयर : सुमित्रा काफ्ले
२) बागमती गाउँपालिका
अध्यक्ष : खेमराज जर्गामगर
उपाध्यक्ष : धनमाया स्याङ्तान
३) बकैया गाउँपालिका
अध्यक्ष : सरला बोलखे
उपाध्यक्ष : लालबहादु स्याङ्तान
४) मकवानपुरगढी गाउँपालिका
अध्यक्ष : बिदुर हुमागाइँ
उपाध्यक्ष :सन्तु थिङ
५) भीमफेदी गाउँपालिका
अध्यक्ष : हिदम लामा
उपाध्यक्ष : पार्वती राना
६) इन्द्रसरोबर गाउँपालिका
अध्यक्ष :देबकृष्ण पुडासैनी
उपाध्यक्ष : उमा लामा
७) थाहा नगरपालिका
मेयर : अच्युतम ढकाल
उपमेयर : कल्पना बलामी
८) कैलाश गाउँपालिका
अध्यक्ष : नरेन्द्रलाल रिजाल
उपाध्यक्ष : सुकुमाया थिङ
९) राक्सिराङ गाउँपालिका
अध्यक्ष : बाबुलाल स्याङतान
उपाध्यक्ष : सुन्तलीमाया प्रजा
१०) मनहरी गाउँपालिका
अध्यक्ष : एकराज उप्रेती
उपाध्यक्ष : सुजिता थिङ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।