काठमाडौं- केशव स्थापितले प्रदेश सभा सदस्यबाट राजीनामा दिएका छन्। नेकपा एमालेको तर्फबाट काठमाडौं महानगरपालिकाको प्रमुखको उम्मेदवार बन्ने निश्चित भएपछि उनले राजीनामा दिएका हुन्।
शनिबार राति एमालेले उनलाई प्रमुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो। आइतबार उनले बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ समक्ष राजीनामा दिएका हुन्।
२०७४ सालमा सम्पन्न प्रदेश सभा निर्वाचनमा स्थापित काठमाडौं ६ (१) बाट निर्वाचित भएका थिए। उनले नेपाली कांग्रेसका उम्मेदवार न्हुछेनारायण मानन्धरलाई पराजित गरेका हुन्। स्थापितले ८०२२ मत पाएका थिए भने मानन्धरले ५१४९ मत पाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।