काठमाडौं– नेकपा एमालेले पोखरा महानगरपालिकाको उपमेयर उठाउने भनेकी मञ्जुदेवी गुरुङले पार्टीले दिएको टिकट अस्वीकार गरेकी छन्। हाल पनि पोखराको उपमेयर रहेकी गुरुङले पुन: सोही पदमा दोहोरिन अस्वीकार गरेकी हुन्।
आफूले मेयर वा उपमेयर कुनै पनि पदमा आकांक्षा नदेखाएको गुरुङको भनाइ छ। उम्मेदवार हुन आकांक्षा नदेखाएको र नाम समेत नटिपाएको अवस्थामा आफूलाई पार्टीले उपमेयरको उम्मेदवार बनाउने निर्णय गरेको गुरुङको भनाइ छ।
सार्वजनिक रुपमा व्यक्त नगरे पनि गुरुङले मेयरमा नै आकांक्षा देखाएको उनीनिकटहरुले बताउने गरेका छन्। पार्टीले आफ्नो कामको मूल्याङ्कन गरेर जिम्मेवारी दिनुपर्ने, तर त्यसो नभएको भन्दै गुरुङले असन्तुष्टि जनाएकी छन्।
नेकपा एमालेको शनिबार बसेको केन्द्रीय सचिवालय बैठकले पोखराको मेयरमा दीपक पौडेल र उपमेयरमा गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।