काठमाडौं– पाँच दलीय सत्ता गठबन्धन दलको बैठक बस्दैछ।
बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धन दलको बैठक बस्न लागेको हो। बैठकमा स्थानीय तहको निर्वाचन केन्द्रित छलफल हुने तय भएको छ।
केन्द्रमा ६ वटै महानगर र ११ वटा उपमहानगरमा भागबन्डा गरेका पाँच दलीय गठबन्धनले जिल्लामा भने कतै गठबन्धनलाई निरन्तरता त कतै एक्ला एक्लै प्रतिस्पर्धा गर्ने निर्णय गरेपछि त्यस बारेमा छलफल गर्न बैठक बस्न लागेको हो।
शनिबार पनि बैठक बसेको थियो। उक्त बैठकमा जिल्लामा केन्द्रबाट नै कडाइ गर्ने निर्णय भएको थियो। यद्यपि, केन्द्रबाट कडाइ गरेर जाँदा तल्लो तहमा त्यसलाई उल्लंघन गर्ने समेत देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।