काठमाडौं- राष्ट्रिय वाणिज्य बैंकले तीन नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
बैंकले सिन्धुली जिल्लाको मरिण गाउँपालिका वडा नं ६ स्थित कपिलाकोट, बझाङको मष्टा गाउँपालिका वडा ३ भातेखोला र ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ३ हाङपाङमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो।
उक्त शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा १९५ पुगेको छ। बैंकले १३५ वटा एटिएम र ९३ वटा शाखारहित बैंकिङ सेवा पनि प्रदान गर्दै आएको छ।
बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १ खर्ब ५३ अर्ब निक्षेप संकलन गरी १ खर्ब १२ अर्ब कर्जा लगानी गरी ३ अर्ब ८ करोड खुद मुनाफा कमाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।