काठमाडौं–सत्ता गठबन्धनले तालमेलका लागि समस्या भएका स्थानीय तहमा फेरि पहल गर्ने निर्णय गरेको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठकले यस्तो निर्णय गरेको हो।
बैठकले अहिलेसम्म सहमति भएका ठाउँको विवरण तयार पार्न र बाँकी ठाउँमा आवश्यक सिफारिस गर्न कार्यदललाई निर्देशन पनि दिएको छ।
कार्यदलको बैठक आइतबार बिहान ९ बजे बोलाइएको छ। त्यो बैठकले गर्ने सिफारिसबारे निर्णय लिन दिउँसो ३ बजे गठबन्धनका शीर्ष नेताहरुको बैठक बोलाईएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।