काठमाडौं- नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवारमा केशव स्थापितलाई अघि सारेको छ।
शनिबार बेलुका एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले केही ठाउँबाहेक महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार टुंगो लगाएको हो।
काठमाडौंको उपमेयरमा सुनिता डंगाेललाई उठाइने भएको छ। डंगोलले स्वतन्त्र हैसियतले मेयरमा उम्मेदवारी दिने भन्दै घोषणापत्र पनि सार्वजनिक गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।