काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टीले वीरगञ्ज महानगरपालिकाको मेयरमा पत्रकार गिरिश गिरिलाई उम्मेदवारको रुपमा प्रस्तुत गरेको छ।
गिरिले सामाजिक सञ्जालमार्फत् आफूले राप्रपाका तर्फबाट उम्मेदवारी प्रस्तुत गर्न लागेको जनाएका हुन्। उनले भनेका छन्, ‘मलगायत मेरो टिमका पक्षमा गरिने प्रत्येक मतदानले नवीन वीरगन्जका पक्षमा आफूलाई पंक्तिबद्ध गर्ने विश्वास दिलाउँछु।’
यस्तै, राप्रपाले काठमाडौं महानगरपालिकाको मेयरमा कलाकार मदनदास श्रेष्ठ र उपमेयरमा विनिता मगैया, ललितपुरमा अष्ट महर्जन र उपमेयरमा जिना जयसवाल र पोखरामा शंकर खरा र उपमेयरमा रञ्जना सेनलाई उठाउने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जनाएका छन्। ‘विराटनगर र भरतपुरमा पनि छलफल चलिरहेको छ, आजै टुंगोमा पुगिनेछ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।