काठमाडौं– रुपन्देही बुटवल उपमहानगरपालिकामा नेकपा एमाले र राष्ट्रिय जनमुक्ति पार्टीबीच चुनावी तालमेल हुने भएको छ।
दुई पार्टीका बुटवल नगर कमिटी अध्यक्षबीच भएको सहमतिअनुसार एमालेले उपमहानगर प्रमुख, उपप्रमुख, सबै वडाध्यक्ष गरी ८६ पदमा उम्मेदवारी दिने छ। जनमुक्ति पार्टीले विभिन्न वडामा गरी ११ जना वडासदस्य पदका लागि उम्मेदवारी दिने छ।
एमालेका उम्मेदवार उठ्ने ८६ पदमा जनमुक्ति पार्टीले सहयोग गर्ने छ भने ११ वडा सदस्य पदका लागि एमालेले जनमुक्ति पार्टीका उम्मेदवारलाई सहयोग गर्ने छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।