काठमाडौं– महानगरपालिका र उपमहानगरपालिकाका उम्मेदवारहरु चयन गर्ने नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ।
अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको बालकोटस्थित निवासमा एमाले सचिवालय बैठक सुरु भएको हो।
एमालेले भरतपुर महानगरपालिकामा विजय सुवेदी र वीरगंज महानगरपालिकामा विजय सरावगीलाई प्रमुखको उम्मेदवार बनाउने निश्चित जस्तै भए पनि अन्य महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख कसलाई बनाउने भन्ने टुंगो लागेको छैन।
यसअघि बिहीबार पनि एमालेको सचिवालय बैठको बसेको थियो। सो बैठकपछि बोल्दै प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले गण्डकी र लुम्बिनी प्रदेशको हकमा प्रदेश सभा सदस्यलाई मेयरमा टिकट नदिने बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।