बाबुराम भट्टराई, फाइल तस्बिर
गोरखा– जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको चुनाव क्षेत्र रहेको गोरखामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच मात्रै चुनावी तालमेल हुने भएको छ। दुई दलका नेताहरुबीच कांग्रेसले ७ र माओवादी केन्द्रले ४ वटा पालिका लिएर गठबन्धन गर्ने सहमति भएको हो।
कांग्रेसले गोरखा नगरपालिका, गण्डकी गाउँपालिका, भिमसेन थापा गाउँपालिका, आरुघाट गाउँपालिका, धार्चे गाउँपालिका, अजिरकोट गाउँपालिका, सिरानचोक गाउँपालिकामा प्रमुख तथा अध्यक्ष लिने सहमति भएको छ। माओवादी केन्द्रले पालुङटार नगरपालिका, चुमनुब्री गाउँपालिका र यसअघि जितेको बारपाक सुलिकोट गाउँपालिका, शहीदलखन गाउँपालिका लिने निर्णय भएको छ।
कांग्रेसले यसअघि मेयर जितेका पालुङटार नगरपालिका र अध्यक्ष जितेका चुमनुब्री गाउँपालिका माओवादीलाई दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।