काठमाडौं– प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आचारसंहिता उल्लंघन गर्नेहरुलाई आयोगले स्पष्टीकरण सोधिरहेको बताएका छन्।
शनिबार आयोग कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले स्पष्टीकरण सोधिएकाहरुलाई जवाफअनुसार कारबाही गरिएको समाचार पाइने बताए।
'टिसर्ट लगाएका, चिह्न बोकेका आदि इत्यादिलाई अनुगमनको कुराहरु उठेका छन्। हामीले त्यति भयावह अवस्था सिर्जना भइनसकेको भन्ने नै लाग्दछ। यो बीचमा हामीले केही स्पष्टीकरण सोधेका छौँ। जवाफ आएका छन्। त्यसको यथोचित कारबाही भएको समाचार तपाईंहरुले पाउनुहुन्छ', उनले भने।
उनले तलसम्म अनुगमन समतिहरु बनेका तर तिनीहरु अहिले राम्ररी क्रियाशील भइ नसकेका उनले बताए। 'भर्खर कार्यालय स्थापना भएका छन्। १७ गते कुनकुन दलका को उम्मेदवार भए भन्ने निर्क्यौल भएपछि त्यसले सक्रियताका साथ काम गर्न सक्छ', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।