काठमाडौं– प्रमुख निर्वाचन आयोग दिनेशकुमार थपलियाले मतदान स्थलको सुरक्षा स्थानीय प्रशासनले गर्ने बताएका छन्।
वैशाख ३० गते हुने निर्वाचनका लागि आयोगले सबै तयारी पूरा गरिसकेको र सुरक्षा व्यवस्थाको सन्दर्भमा केन्द्रीय रणनीतिअनुसार स्थानीय प्रशासनले गर्ने उनको भनाइ छ।
'आयोगले सबै तयारी सम्पन्न गरेको छ। अब उम्मेदवारी दर्ता, मतदान र मतपत्र गणना मात्र बाँकी रहेको छ,' उनले भने।
आइतबार र सोमबार उम्मेदवारी मनोनयको समयमा आचारसंहिता पालन गराउने विषयमा छलफल भइरहेको उनले जानकारी दिए। आचारसंहिता पालनाका लागि स्थानीय प्रशासनलाई पनि अधिकार प्रत्यायोजन गरिएको थपलियाको भनाइ छ।
'आचारसंहिता पालनाको सन्दर्भमा स्थानीय प्रशासनलाई पनि अधिकार प्रत्यायोजन गरिएको छ। मनोनयनका क्रममा र्याली र जुलुसका कारणले असहज स्थिति नआओस् भन्ने हो,' थपलियाले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।