काठमाडौं– स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार हुने उम्मेदबारी दर्ताका क्रममा निर्वाचन आयोगले दल तथा उम्मेदवारका झण्डा र तथा चुनाव चिह्न लगायतका वस्तु प्रर्दशनमा कडाइ गर्ने निर्णय गरेको छ।
उम्मेदवारहरुको मनोनयन लगायत तयारीका विषयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा निर्वाचन आयोगले यस्तो जानकारी दिएको हो। आयोगका प्रवक्ता शालिकराम शर्माले आम सभामा र मोटर साइलक र्याली जस्तामा झन्डाहरुको अत्याधिक प्रयोगमा रोक लगाउने निर्णय गरिएको बताए।
‘आम सभामा र मोटर साइकल र्यालीमा समेत झण्डा धेरै प्रयोग गर्न पाइने छैन। उम्मेदवारी दर्ता पछि पार्टी र उम्मेदवारको चिह्न अंकित कपडा, भेस्ट, टिकट, क्याप वा झोला बोकेको पाइए कारबाही हुने छ,’ आयोगका प्रवक्ता शर्माले भने।
वैशाख ११ र १२ गते (उम्मेदवारी मनोनयनको दिन) आचारसंहिताले तोके बमोजिमको कार्य पालना गर्न राजनीतिक दलहरुलाई आयोगले आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।