काठमाडौं– शनिबार दिउँसो ३ बजेका लागि बोलाइएको नेकपा एमालेको सचिवालय बैठक धकेलिएको छ। बैठकअघि अध्यक्ष केपी शर्मा ओलीले कर्णाली र सुदूरपश्चिम प्रदेशका नेताहरुसँग भेट सुरु गरेपछि बैठक धकेलिएको हो।
महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार चयन गर्नका लागि एमालेले सचिवालय बैठक बोलाइएको थियो। तर, त्यसअघि ओलीले प्रदेशका पदाधिकारी र नेताहरूसित छलफल थालेका हुन्।
एमालेले भरतपुर महानगरपालिकामा विजय सुवेदी र वीरगंज महानगरपालिकामा विजय सरावगीलाई प्रमुखको उम्मेदवार बनाउने निश्चित जस्तै भए पनि अन्य महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख कसलाई बनाउने भन्ने टुंगो लागेको छैन।
बिहीबार पनि एमालेको सचिवालय बैठको बसेको थियो। सो बैठकपछि बोल्दै प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले गण्डकी र लुम्बिनी प्रदेशको हकमा प्रदेश सभा सदस्यलाई मेयरमा टिकट नदिने बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।