काठमाडौं– विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयसस नेपालको ३ दिने भ्रमण सकेर फर्किएका छन्। टेड्रोस शनिबार जेनेभातर्फ प्रस्थान गरेका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको निमन्त्रणामा नेपाल भ्रमणमा आएका महानिर्देशक टेड्रोसका साथ डब्ल्यूएचओको दक्षिण पूर्व एसिया क्षेत्रीय कार्यालयका निर्देशक डा. पुनम खेत्रपाल र डब्लूएचओका अन्य अधिकारीहरू पनि शनिबार नै फर्किएका छन्।
भ्रमणका क्रममा महानिर्देशक टेड्रोसले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, परराष्ट्रमन्त्री नारायण खड्का र स्वास्थ्यन्त्री खतिवडासँग बेग्लाबेग्लै शिष्टाचार भेट गरेका थिए।
महानिर्देशक टेड्रोस नेतृत्वको प्रतिनिधिमण्डललाई शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूले बिदाइ गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।