काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक फेरि सरेको छ। बिहान ११ बजेका लागि तय भएको बैठक दिउँसो २ बजेका लागि सारिएको थियो।
दिउँसो २ बजे पनि बस्न नसकेपछि बैठक १ घण्टा पछि (३ बजे बस्नेगरी) सारिएको हो।
वैशाख ३० गते हुने स्थानीयतहको निर्वाचनका लागि महानगर र उपमहानगरका उम्मेदवारको चयन गर्न बैठक बस्न लागेको हो।
शुक्रबार नै कार्यसम्पादन समितिको बैठक बस्ने भनिएको थियो। तर, पदाधिकारी बैठकका कारणले शुक्रबार बस्न सकेन।
बिहानदेखि नै शीर्षस्थ नेताहरु छलफलमा व्यस्त भएका कारणले बैठक सरेको एक सदस्यले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।