काठमाडौं– रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगरप्रमुख मनमोहन चौधरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा प्रवेश गरेका छन्।
शनिबार लोसपाका अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतोलगायतले चौधरीलाई पार्टी प्रवेश गराएका हुन्। सत्ता गठबन्धनका दलहरुबीच तालमेल हुँदा उक्त नगरपालिकाका प्रमुख पद जसपाको 'भाग'मा नपर्ने देखिएपछि चौधरी लोसपा गएका हुन्।
लोसपाले उनलाई मेयरेको उम्मेदवार बनाउने सहमति गरेको छ। उप–प्रमुख जानकीदेवी श्रीवास्तव यसअघि नै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा प्रवेश गरिसकेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।