काठमाडौं– वैशाख ३० गते हुने निर्वाचनका लागि सत्ता गठबन्धनका दलहरुले पाल्पामा स्थानीय तहको भागबण्डा टुंग्याएका छन्।
१० स्थानीय तह रहेको पाल्पामा नेपाली कांग्रेसले ६ तथा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले २–२ स्थानीय तहको प्रमुख/अध्यक्ष उम्मेदवार उठाउने सहमति भएको छ।
नेपाली कांग्रेसले तानसेन र रामपुर नगरपालिकाको प्रमुख पाएको छ। रामपुरमा उपप्रमुख पनि कांग्रेसले नै पाएको छ भने तानसेनको उपप्रमुखमा माओवादीले उम्मेदवार उठाउने सहमति भएको छ।
गाउँपालिकामध्ये नेपाली कांग्रेसले निस्दी, माथागढी, रैनादेवी छहरा र बगनासकाली गाउँपालिकाको अध्यक्षमा कांग्रेसले उम्मेदवार उठाउने सहमति भएको छ। कांग्रेसले अध्यक्षको उम्मेदवार उठाउने गाउँपालिकामध्ये निस्दी र रैनादेवीमा माओवादी केन्द्र तथा बगनासकालीमा एकीकृत समाजवादी र माथागढीमा कांग्रेसले नै उपाध्यक्षको उम्मेदवार उठाउने सहमति भएको छ।
माओवादी केन्द्रले रिब्दीकोट गाउँपालिका र तिनाउ गाउँपालिकाको अध्यक्षमा उम्मेदवार उठाउने सहमति भएको छ। माओवादीले अध्यक्षको उम्मेदवार उठाउने पालिकामा कांग्रेसले उपाध्यक्षको उम्मेदवार उठाउने छ।
एकीकृत समाजवादीले पूर्वखोला गाउँपालिका र रम्भा गाउँपालिकामा अध्यक्षको उम्मेदवार उठाउने सहमति भएको छ। एकीकृत समाजवादीले अध्यक्षको उम्मेदवार उठाउने पालिकामा पनि कांग्रेसले नै उपाध्यक्षको उम्मेदवार उठाउने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।