फाइल तस्बिर
काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सरेको छ। बिहान ११ बजेका लागि तय भएको बैठक दिउँसो २ बजे बस्ने गरि सरेको हो।
वैशाख ३० गते हुने स्थानीयतहको निर्वाचनका लागि महानगर र उपमहानगरका उम्मेदवारको चयन गर्न बैठक बस्न लागेको हो।
शुक्रबार नै कार्यसम्पादन समितिको बैठक बस्ने भनिएको थियो। तर, पदाधिकारी बैठकका कारणले शुक्रबार बस्न सकेन।
बिहान पनि शीर्षस्थ नेताहरु छलफलमा व्यस्त भएका कारणले बैठक २ बजेका लागि सरेको एक सदस्यले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।