काठमाडौं- चन्द्रागिरी नगरपालिकाको वडा नम्बर ८ ले महिलाहरुका लागि साडी बाँड्ने कार्यक्रम सार्वजनिक गरेको छ। शुक्रबार जारी सूचना अनुसार शनिबार दिउँसो साडी बाँड्ने कार्यक्रम तय गरिएको हो।
स्थानीय तहको निर्वाचनका सन्दर्भमा आचारसंहिता सुरु भइसकेपछि मतदाता लक्षित यस खालका कार्यक्रम गर्न पाइँदैन। तर, सो वडाले भने सूचना नै जारी गरेर साडी बुझ्न आह्वान गरेको हो।
'यस चन्द्रागिरी नगरपालिका वडा नम्बर ८ को कार्यालयमा साडी पाऊँ भनी आवेदन दिनुभएका दिदी बहिनीहरुले तपसिलको मिति, समय र स्थानमा साडी बाँड्ने कार्यक्रम रहेकाले वडा कार्यालयमा आई साडी बुझिदिनुहुन अनुरोध छ' सूचनामा भनिएको छ।
सूचनामा वडा अध्यक्ष सन्तोष खड्काले हस्ताक्षर गरेका छन्। उनी नेकपा एमालेबाट निर्वाचित हुन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।