• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

स्थानीय निर्वाचन: धमाधम राजीनामा दिँदै जनप्रतिनिधि, प्रदेश मन्त्रीदेखि सांसदसम्म राजीनामा दिएर चुनावी मैदानमा

64x64
नेपाल लाइभ शनिबार, वैशाख १०, २०७९  १४:४३
1140x725

काठमाडौं– वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन आउन अब २० दिन बाँकी छ। निर्वाचन आयोगले भोलि (आइतबार) र पर्सि (सोमबार) का लागि उम्मेदवारी दर्ताको समय तोकेको छ।

आयोगले जारी गरेको आचारसंहितामा स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ता गर्ने व्यक्तिले आफू बहाल रहेको पदबाट राजीनामा दिनुपर्ने व्यवस्था गरेको छ। त्यसविरुद्ध सर्वोच्च अदालतमा जनप्रतिनिधिले रिट दायर गरेपनि सर्वोच्चले रिट खारेज गरिदिएको थियो।

सुरुमा अन्तरकालीन आदेश जारी गरेको सर्वोच्चले  निर्वाचन आयोगले लिखित जवाफसहित भ्याकेटको निवेदन दर्ता गरेपछि रिट खारेज हुने फैसला सुनाएको थियो। सर्वोच्चको फैसलापछि निर्वाचन आयोगको आचारसंहिता स्वत: लागू भएको थियो।

आचारसंहिता लागू भएपछि जनप्रतिनिधिहरुले धमाधम राजीनामा दिन थालेका छन्। हालसम्म कति जनप्रतिनिधिले राजीनामा दिए भन्ने यकिन तथ्यांक आइसकेको छैन। हालसम्म महानगरमध्ये भरतपुर महानगरपालिकी मेयर रेणु दाहालले पदबाट राजीनामा दिएको घोषणा गरेकी छन्।

शुक्रबार उनले फेरि निर्वाचन उठ्न पदबाट राजीनामा दिएकी हुन्। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, ललितपुरका मेयर चिरिबाबु महर्जन, विरगञ्जका मेयर विजय सरावगी, विराटनगरमा मेयर भिम पराजुली र पोखरा महानगरका मेयर मानबहादुर जिसीले पदबाट  राजीनामा दिने घोषणा गरेका छैनन्।

यीमध्ये पोखरा र विराटनगरका मेयरले यस पटक पुन: टिकट पाउने सम्भावना कम देखिएको छ। उनीहरुले फेरि टिकट नपाउने भएकाले जेठ ५ गतेसम्म पदमा बस्न पाउने छन्।

रिट खारेज भएसँगै सबैभन्दा पहिले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका मेयर अमानसिंह तमाङले राजीनामा दिएका थिए।

उनीपछि सिन्धुपाल्चोककै हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले पनि राजीनामा दिएका थिए। उनी सर्वोच्चमा आयोगविरुद्ध रिट हाल्ने जनप्रतिनिधि पनि हुन्।

Ncell 2
Ncell 2
nimb
nimb

शुक्रबारसम्म ५० भन्दा धेरै प्रमुखहरुले राजीनामा दिएका छन् भने ८० भन्दा धेरै वडाध्यक्षहरुले पदबाट राजीनामा दिएका छन्। त्यस्तै जनप्रतिनिधि बन्न बहालवाला एसएसपी, उपसचिव र प्राध्यापकले पनि राजीनामा दिएका छन्।

उनीहरुले स्थानीय तहमा उम्मेदवार भएर राजनीतिमा सक्रिय हुनका लागि पदबाट राजीनमा दिएका हुन्। यसरी राजीनामा दिनेक्रम आइतबारसम्म चल्ने छ। सोमबार निर्वाचन आयोगले मनोनयका लागि दिएको समय रहेसम्म जनप्रतिनिधि र अन्य पेशामा रहेकाहरुले पनि राजीनामा दिएर आउने देखिन्छ। 

धमाधम राजीनामा दिँदै प्रदेश सांसद्  
स्थानीय तहको प्रमुख बन्ने होडमा यसपटक प्रदेश सभाका सांसदहरु पनि देखिएका छन्। २०७४ सालको निर्वाचनमा भन्दा यसपटक धेरै आकर्षण स्थानीय निर्वाचनमा देखिएको छ। २०७२ जारी नयाँ संविधानले स्थानीय सरकारको व्यवस्था गर्‍यो। पहिलो निर्वाचनमा चर्चित मानिसहरुले भाग लिन चाहेनन्, तर यसपटक  संघीय सांसद् र संघीय सरकारमा मन्त्री भइसकेका व्यक्ति पनि स्थानीय तहको प्रमुखका लागि उम्मेदवार बन्ने होडमा छन्। 

यसपटक स्थानीय तहको प्रमुख बन्न, प्रतिनिधि सभा सांसद, प्रदेश सभाका मन्त्री र सांसदहरु समेत दौडमा देखिएका छन्। त्यस्तै पार्टीको केन्द्रीय तहमा पुगेका नेताहरुले पनि स्थानीय तहको उम्मेदवारमा आकांक्षा देखाउनुले स्थानीय तहले महत्त्व पाएको स्थानीय शाससन विज्ञ कृष्णप्रसाद सापकोटाले बताए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

स्थानीय सरकारबारे संविधानले गरेको परिकल्पना अनुसार अझै आर्कषण नदेखिएको उनले बताए।  हालसम्म बागमती प्रदेशका एक र मधेश प्रदेशका एक सांसदहरुले स्थानीय तहको प्रमुख हुन पदबाट राजीनामा दिएका छन्। त्यस्तै अन्य केही सांसदहरुले राजीनामा दिने तयारी गरेका छन्।  बागमी प्रदेश सभाका सांसद विजय सुवेदीले नेकपा एमालेबाट भरतपुर महानगरपालिको मेयरमा उम्मेदवार बन्ने भएसँगै प्रदेश सभामुखलाई राजीनामा दिएका थिए।

मधेश प्रदेशका एक सांसदले पनि राजीनामा दिएका छन्। रौतहटको निर्वाचन क्षेत्र नम्बर ४ ‘ख’ बाट स्वतन्त्र प्रदेश सांसद भएका शेष अबुल कलामले पदबाट राजीनामा दिएका छन्। उनले शुक्रबार पदबाट राजीनामा दिएका छन्।

अजाद गढीमाई नगरपालिकाको प्रमुखमा सिफारिस भएकाले उनले राजीनामा दिएका हुन्।

त्यस्तै एकीकृत समाजवादीले सिरहाको सिरहा नगरपालिका प्रमुखका लागि कानुन, न्याय तथा प्रदेश सभा मामिलामन्त्री प्रमोदकुमार यादवको नाम सिफारिस गरेपछि उनले पनि राजीनामा दिन लागेका छन्।

पार्टीले आफ्नो नाम सिफारिस गरेकाले उम्मेदवारी दिन छिट्टै  मन्त्री र सांसद दुवै पदबाट राजीनमा दिने तयारी  यादवले गरेका छन्। उनी गत मंसिर ५ मा मन्त्री पदमा नियुक्त भएका थिए।

त्यस्तै, जनकपुरधाम उपमहानगरको प्रमुख पदमा उम्मेदवारी दिन प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका प्रमुख सचेतक परमेश्वर साहले राजीनामाको तयारी गरेका छन्।

प्रदेशसभा सदस्य साह धनुषा निर्वाचन क्षेत्र नं ३ ‘ख’ बाट तत्कालीन राजपाबाट निर्वाचित भएका थिए। लोसपाबाट जनकपुरको नगरप्रमुखमा साहको नाम पनि सिफारिस गरेकाले उनले प्रदेश सभा सांसद र प्रमुख सचेतकबाट राजीनामा दिन लागेका हुन्।

पार्टीबाट टिकट पाउने संकेत पाएका जनप्रतिनिधिले पदबाट धमाधम राजीनामा दिन थालेका हुन्। 

निजामती कर्मचारी, सुरक्षाकर्मी र शिक्षक पनि राजीनामा दिएर चुनावी मैदानमा 
स्थानीय तहको जनप्रतिनिधि बन्न अन्य पेसामा रहेकाहरुको पनि आर्कषण देखिएको छ।  निजामति सेवामा रहेका हालसम्म २ जनाले पदबाट राजीनामा दिएका छन्। मेयरको प्रतिस्पर्धामा उत्रिन उपसचिव विष्णुराज भुषालले पदबाट राजीनामा दिएका छन्।

नवलपरासी पूर्वको देवचुली नगरपालिको मेयरमा नेपाली कांग्रेसबाट टिकट पाउने भएपछि उनले राजीनामा दिएका हुन्।

त्यस्तै लामो प्रयासपछि लोकसेवा आयोगमा नाम निकाल्न सफल भएका शाखा अधिकृत कञ्चनराज गिरी पनि पदबाट राजीनामा दिएर निर्वाचनमा होमिएका छन्। उनले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा स्वतन्त्र रुपमा मेयर उठ्न पदबाट राजीनामा दिएका हुन्।

त्यस्तै, नेपाल प्रहरीका एसएसपी गोविन्दकुमार साहले पनि मेयरको प्रतिस्पर्धामा उत्रिने भएपछि पदबाट राजीनामा दिएका छन्। उनी नेपाली कांग्रेसबाट धनुषाको मेयर उम्मेदवारका लागि सिफारिस भएपछि पदबाट राजीनामा दिएका हुन्।

त्यस्तै, त्रिभुवन विश्वविद्यालयको समाजशास्त्रका प्राध्यापक डा विश्वकल्याण पराजुलीले पनि पदबाट राजीनामा दिएका छन्। पोखरा महानगरपालिकाको मेयरमा एमालेबाट टिकट पाउने देखेपछि उनले पदबाट राजीनामा दिएका हुन्। 

शिक्षकहरुमा पनि राजीनामा दिने लहर चलेको  छ। विभिन्न जिल्लाका शिक्षकहरुले पदबाट राजीनामा दिन थालेका छन्।

शुक्रबारसम्म ओखलढुङ्गाका मात्र २० शिक्षकले पदबाटा राजीनामा दिए। जिल्ला शिक्षा कार्यालयमा बुधबार सम्म १९ जना शिक्षकहरुले राजीनामा दिएका थिए भने राजीनामा दिनेको संख्या शुक्रबार पनि थपिएको छ। आइतबारसम्म यो संख्या अझै बढ्न सक्ने देखिन्छ। टिकट निश्चित भएपछि उनीहरुले राजीनामा दिएका हुन्। 

राजीनामा दिनेहरुमा एमाले निकट शिक्षक संगठनका अध्यक्ष विशाल पौडेल र सदस्य हरि घिमिरे पनि रहेका छन्।

पौडेलले वडा प्रमुख र घिमिरेले चम्पादेवी गाउँपालिकाको प्रमुखको टिकट पाउने भएपछि राजीनामा दिएका हुन्। 

त्यस्तै चुनाव लड्न शिक्षक संघका तीर्थ घिमिरले राजीनामा दिएका छन्। उनी सिद्धिचरण नगरपालिकाको वडा नं. १ मा वडाअध्यक्ष लड्ने तयारीमा छन्।

माम्खाका लोकबहादुर राई, मूलखर्कमा मोहन तामाङ, बलखुमा केशव लुइटेलले पनि राजीनामा दिएका छन्। माओवादी केन्द्र निकटका दियालेका देवराज श्रेष्ठ र प्राप्चाका घनश्याम दाहालले पनि राजीनामा दिएका छन्। उनीहरुलाई पार्टीले वडाअध्यक्षको उम्मेदवार बनाउने भएपछि राजीनामा गरेर चुनाव प्रचारमा लागेका छन्।

श्रीचौरबाट अञ्जुला तामाङ्ग, उँवुका सविता राई, रानिवनका उत्तम कुमार कार्की, नर्मदेश्वरका गोपाल कुमार खड्काले पनि राजीनामा दिएका छन्। अञ्जुला माओवादी केन्द्रको तर्फबाट मोलुङ्ग गाँउपालिकाको र सविता मानेभञ्ज्याङ्ग गाउपालिकाको उप प्रमुख पदमा चुनावी मैदानमा रहेका छन्। राई अस्थायी शिक्षक हुन् भने तामाङ्ग र कार्की राहत शिक्षक हुन्।  

खड्का भने भीमसेनस्थान माविका कर्मचारी हुन्। गोपाल खड्का कांग्रेसका तर्फबाट लिखु गाउपालिका वडा नं. ३ र उत्तम कुमार कार्की एमालेको तर्फबाट चम्पादेवी गाँउपालिका वडा नम्बर १० वाट वडा अध्यक्ष पदमा चुनावी मैदानमा प्रतिस्पर्धा गर्दै छन्। 

प्रकाशित मिति: शनिबार, वैशाख १०, २०७९  १४:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्