काठमाडौं- वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आइतबार र सोमबार देशैभर उम्मेदवारको मनोनयन दर्ता हुँदैछ।
७७ वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ६७६ निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारले मनोनयन दर्ता गर्नेछन्। निर्वाचन आयोगले यी नै विषयमा जानकारी दिन शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दैछ।
निर्वाचनसँग सम्बन्धित अन्य विषयमा निर्वाचन आयोगले प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तहरुको समुपस्थितिमा अपरान्ह साढे ४ बजे पत्रकार सम्मेलनको आयोजना गर्न लागेको सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
आयोगले पत्रकार सम्मेलनमा अहिलेसम्मको तयारी लगायतका विषयमा पनि जानकारी दिने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।