कैलाली- धनगढी उपमहानगरपालिकाको मेयरमा नृपबहादुर वडलाई दोहोर्याउन तयारी नेपाली कांग्रेस उपमहानगर कार्यसमितिले गरेको छ।
मेयरका लागि आवेदन दिने ७ मध्येबाट वडलाई फेरि उम्मेदवार बनाउनेगरी केन्द्रमा एकल सिफारिस गर्ने सहमति स्थानीय नेताहरुले गरेका छन्। शनिबार औपचारिक बैठकबाट त्यसलाई अनुमोदन गराइने बताइएको छ।
सत्तारुढ दलले केन्द्रीय स्तरबाट गरेको गठबन्धनको भागवन्डामा धनगढीको मेयर कांग्रेसको भागमा परेको छ।
२०७४ को स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई २ हजार ७ सय मतले पराजित गर्दै उनी मेयर बनेका थिए। हमालले पनि दोहोर्याएर निर्वाचन लड्ने घोषणा गर्दै घोषणा पत्र सार्वजनिक गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।