वीरगञ्ज- गठबन्धनमा नेपाली कांग्रेसको भागमा परेको वीरगञ्ज महानगरपालिकाको उपमेयरका लागि १३ जनाले आकांक्षा देखाएका छन्। यसअघि मेयरको दाबी गरिरहेकाहरुले समेत उपमेयरमा रुचि देखाएपछि संख्या बढेको हो।
वीरगञ्ज महानगर कमिटीले १३ जनाकै नाम केन्द्रमा सिफारिस गरेको छ। सिफारिस हुनेमा वर्तमान उपमेयर शान्ति कार्की, जिल्ला सचिव इम्तियाज आलम, डा सुस्मा तिवारी, नरेन्द्र साह, प्रकाश उपाध्याय, विजय सर्राफ, क्षेत्रीय सभापति महम्मद साहवुदिन, कार्यपालिका सदस्य अरविन्द गुप्ता, महानगरका पूर्सवभापति भोला कलवार, नेता राजु गुप्ता, नेतृहरु किरण सरकार, रुपा श्रेष्ठ र विद्या श्रेष्ठ रहेका छन्।
नेपाली कांग्रेस कार्य सम्पादन समितिको शनिबार बस्नै बैठकले उम्मेदवारका विषयमा छलफल गर्दैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।