• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

भागबण्डाले कांग्रेस स्थानीय नेता-कार्यकर्तामा असन्तुष्टि, कतै सामूहिक राजीनामा, कहीँ निर्णय सच्याउन दबाब

64x64
नेपाल लाइभ शनिबार, वैशाख १०, २०७९  ०९:५६
1140x725

काठमाडौं- आगामी स्थानीय तह निर्वाचनमा जनकपुर उपमहानगरपालिकाको मेयर जनता समाजवादी पार्टी (जसपा)लाई दिएको बिरोधमा शुक्रबार नेपाली कांग्रेसका नगर सभापति मनोजकुमार साहले पदबाट राजीनामा दिएका छन्।

उनले शुक्रबारकै मितिबाट आफू स्वतन्त्र भएको र स्वतन्त्र रुपमा निर्वाचन लड्ने बताएका छन्। ‘जसपाको उम्मेदवार नराम्रो मानिस आउने भएकाले हामीले सहयोग गर्दैनौं’, उनले भने, ‘यो नेपाली कांग्रेसको उर्वर क्षेत्र हो। तर, नेपाली कांग्रेसलाई पाखा लगाउने काम केन्द्रबाट भएको छ।’ 

उनले नगर सभापति र पार्टी सदस्यबाट अहिलेलाई राजीनामा दिएको पत्रकार सम्मेलनमार्फत् घोषणा गरे। वैशाख ११ र १२ गतेसम्म पनि पार्टीले निर्णय सच्याएन भने आफू  स्वतन्त्र उम्मेदवार उठ्ने उनले साहले घोषणा गरे। 

‘आजबाट मैले नगर सभापति र साधारण सदस्यबाट राजीनामा दिएका छु’, उनले भने ‘हामीले अहिले केही समयका लागि राजीनामा दिएका छौं। तर, पार्टीले निर्णय नसच्चाएर हामी अलग नै हुन्छौं।’ २०७२ को स्थानीय निर्वाचनमा जनकपुर उपमहानगरमा साहले दोस्रो धेरै मत ल्याएका थिए। उनीसँगै नगर सचिव लालबाबु मिश्र, कोषाध्यक्ष वीरेन्द्र यादव, वडा १५ का सभापतिले समेत राजीनामा घोषणा गरेका छन्।

भरतपुर महानगरपालिका यसपल्ट कुनै पनि हालतमा माओवादी केन्द्रलाई दिन नहुने माग राखिरहेका चितवनका कांग्रेस नेता कार्यकर्ताहरुको असन्तुष्टि मत्थर हुने सकेको छैन।

शुक्रबार असन्तुष्ट कांग्रेस नेता–कार्यकर्ताले चितवन जिल्ला सभापति राजेश्वर खनालको कार्यकक्षमा ताला लगाएका छन्। कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइराला, पूर्वसांसद जगन्नाथ पौडेल, टेकप्रसाद गुरुङको नेतृत्वमा सभापति खनालको कार्यकक्षमा तालाबन्दी गरिएको हो। एक पक्षले स्वतन्त्र उम्मेदवारी दिनेसम्मको धम्की दिइरहेको छ। 

नेकपा एकीकृत समाजवादीको भागमा परेको हेटौंडा उपमहानगरमा पनि नेपाली कांग्रेसका नेता-कार्यकर्ता असन्तुष्ट छन्। पार्टीभित्र विरोध व्यापक हुन थालेपछि नेपाली कांग्रेस मकवानपुर जिल्‍ला कार्यसमितिले  पार्टी नेता र कार्यकर्ताको भावनालाई रायका रूपमा लेखेर प्रदेश समितिमा पठाएको छ। जिल्लामा नेता, कार्यकर्तालको विरोध थेग्न नसकेपछि उनीहरूको गुनासो प्रदेश समितिमा पठाइएको बताइएको छ।

दाङको घोराही उपमहानगरपालिकामा कांग्रेसका भुपबहादुर डाँगीले मेयरको तयारी गरेका थिए। र डाँगीलाई उम्मेदवार बनाउने सर्बसम्मत निर्णय समेत भइसकेको थियो। तर केन्द्रीय गठबन्धनले उक्त पालिका माओवादी केन्द्रको भागमा पार्‍यो।  गत निर्वाचनमा तेस्रो स्थानमा रहेको माओवादी केन्द्र यसपल्ट थप कमजोर रहेको स्थानीय कांग्रेस नेता-कार्यकर्ताको आंकलन छ। आफ्नै भोटले मात्रै जिताउन मुश्किल हुने भन्दै उनीहरुले निर्णय सच्याउन पहल गरिरहेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

स्थानीय तहको गत निर्वाचनमा एमालेका मेयर नरुलाल चौधरीले २२ हजार ३० मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका डाँगीले १७ हजार ४८४ मत प्राप्त गरेका थिए। माओवादी केन्द्रका जीवन गौतमले जम्मा १२ हजार ८२ मत प्राप्त गरेका थिए। गौतमले केही दिनअघि मात्रै माओवादी केन्द्र परित्याग गरेका छन्। 
माओवादीलाई सघाउनै पर्ने अवस्थाका लागि  उपमहानगरका १९ वटा वडामध्ये १६ वटा वडा कांग्रेसले पाउनुपर्ने शर्त स्थानीय नेताहरुले तेर्स्याएका छन्।

वीरगञ्ज महानगरपालिका जसपालाई दिने निर्णय कांग्रेसका  स्थानीय नेता कार्यकर्ताले अझै स्वीकारेका छैनन्। गएको निर्वाचनमा कांग्रेसका उम्मेदवार अजय द्विवेदीले दोस्रो धेरै मत ल्याएका थिए।

जसपाबाट जितेका मेयर अजय सरावगी एमालेमा प्रवेश गरिसकेका कारण यसपल्ट कांग्रेसको पल्लाभारी रहेको बताउँदै कांग्रेस महानगर समितिले गठबन्धनको निर्णय सच्याउन माग गरिरहेको छ।

पोखरा महानगरपालिका एकीकृत समाजवादीलाई दिने निर्णय कांग्रेसका स्थानीय नेता समितिहरुले औपचारिक रुपमा स्वीकार गरेका छन्। केन्द्रमा उम्मेदवार नाम पठाउँदा प्रदेश कार्यसमितिले उपमेयरको मात्रै पठाएको छ। 
तर अझै स्थानीय नेता-कार्यकर्ताको आक्रोश भने मत्थर हुन सकेको छैन।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

केन्द्रीय गठबन्धनको निर्णयपछि बुधबार पार्टी कार्यालयमा तालाबन्दी गरेका महानगर कार्य समितिका नेताहरुले अहिले अर्को शर्त तेर्स्याएका छन्- एकीकृत समावादीका मेयरले रुख चिह्नबाटै उम्मेदवार उठ्नुपर्छ। महानगरमा रहेको असन्तुष्टिका कारण अन्य पालिकाको भागबण्डामा समेत सकस परिरहेको छ। 

स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै  कैलालीमा कांग्रेस वडा सभापतिसहित ९१ जना क्रियाशील सदस्यले शुक्रबार सामूहिक राजीनामा दिएका छन्।

धनगढी उपमहानगरपालिका १८ का वडा सभापति भक्तबहादुर थापासहितका क्रियाशील सदस्यहरुले नगरसभापति यज्ञराज उपाध्यायसमक्ष सामूहिक राजीनामा दिएका हुन्। सामूहिक राजीनामा दिनेको सूचीमा कांग्रेसका पूर्वजिल्ला सदस्य लक्ष्मीप्रसाद देवकोटा, पूर्वक्षेत्रीय उपसभापति कुम्भराज गिरी, पूर्ववडाध्यक्ष सालीभान खड्कासमेत रहेका छन्।

वडा १८ मा  सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रले उमेदवार उठाउने भएको छ। २०७४ सालमा भएको स्थानीय निर्वाचनमा माओवादी केन्द्रले जितेका कारण अहिले पनि माओवादी केन्द्रले नै पाउनेछ।

यसैगरी बझाङको तलकोट र थलारा गाउँपालिका प्रमुख एकीकृत समाजवादीका भागमा परेपछि कांग्रेस गाउँ कार्यसमितिका नेताहरु असन्तुष्ट छन्।

गठबन्धनको निर्णय नसच्यिए अध्यक्ष पदमा उम्मेदवारी दिने चुनौती दिइरहेका छन्।  गएको निर्वाचनमा झिनो अन्तर कांग्रेस पराजित भएको तलकोटमा यसपल्ट एमाले फुटेकाले जित्ने भन्दै स्थानीय नेताहरुले उम्मेदवारीको तयारी गरेका थिए।

प्रकाशित मिति: शनिबार, वैशाख १०, २०७९  ०९:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्