डडेल्धुरा- अमरगढी नगरपालिका ८ वडाध्यक्षसहित २२ जनप्रतिनिधीले राजीनामा दिएका छन्। २०७४ सालको निर्वाचनमा निर्वाचित अमरगढीका वडा नम्बर १, २, ३, ४, ५, ८, १०, ११ का वडाअध्यक्षहरुले राजीनामा दिएका हुन्।
लोकबहादुर ऐर, मनोराथ बहादुर खडायत, गोबिन्द बोहरा, दिपेन्द्र थापा, खेमराज पाठक, नरबहादुर साँकी, विष्णुराज भट्ट, सुर्यप्रकाश खड्काले दिएको राजीनमा निमित्त प्रमुख प्रशासकीय अधिकृत हेमन्त पन्तले स्वीकृत गरेका छन्।
६ कार्यपालिका सदस्य सरस्वती अवस्थी ओझा, रामबहादुर दमाई, नरपता सेटी, धौलीदेवी दमाई, सञ्जय जैरु, लक्ष्मी ताम्राकारले राजीनामा दिएका छन्।
७ वडा सदस्य भक्त साहु वडा नम्बर ७, कृष्ण पाण्डेय वडा नम्बर ८, प्रेमबहादुर विष्ट र गिता सार्की वडा नम्बर १०, यज्ञबहादुर साउँद वडा नम्बर ९, पदम बोहरा, वडा नम्बर ११, खेमराज जोशी वडा नम्बर २ का सदस्यले राजीनामा दिएका हुन्। अगामी बैशाख ३० गते हुने निर्वाचनमा उम्मेदवार बन्न उनीहरुले राजीनामा दिएका हुन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।