काठमाडौं–बागमती प्रदेशस्तरीय पाँचदलीय गठबन्धनले दोलखाका नगरपालिका तथा गाउँपालिकामा उम्मेदवार बाँडफाँड गरेका छन्। नेपाली कांग्रेसका बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँको संयोजकत्वमा शुक्रबार बसेको गठबन्धनको बैठकले दलीय सहमति गरेको हो।
जिरी नगरपालिका प्रमुखमा कांग्रेस, उपप्रमुखमा माओवादी केन्द्र, कालिन्चोक गाउँपालिकामा अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा माओवादी, गौरीशंकर गाउँपालिकामा अध्यक्षमा माओवादी, उपाध्यक्षमा नेपाली कांग्रेस, तामाकोशी गाउँपालिकामा अध्यक्षमा एकीकृत समाजवादी, उपाध्यक्षमा कांग्रेस, वैतेश्वर गाउँपालिकामा अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा माओवादी तथा शैलुङमा अध्यक्षमा माओवादी, उपाध्यक्षमा कांग्रेसका उम्मेदवार उठाउने सहमति भएको छ।
यस्तै, मेलुङमा अध्यक्षमा एकीकृत समाजवादी, उपाध्यक्षमा नेपाली कांग्रेस, बिगुमा अध्यक्षमा माओवादी केन्द्र, उपाध्यक्षमा कांग्रेस र भीमेश्वर गाउँपालिकामा अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एकीकृत समाजवादीका उम्मेदवार उठाउने सहमति भएको छ।
दोलखा जिल्ला समन्वय समिति प्रमुखमा माओवादी, उपप्रमुख एकीकृत समाजवादी र सम्पूर्ण सदस्य नेपाली कांग्रेसलाई दिने सहमति भएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।