काठमाडौं–गृह मन्त्रालयले बढुवा भएका चार प्रहरी नायब महानिरीक्षकको पदस्थापन तथा ५ डिआइजीको सरुवा गरेको छ।
यही वैशाख ८ गते मन्त्रीस्तरीय निर्णयबाट बढुवा भएका चार डिआइजीको पदस्थापन गरिएको हो। जसमा नलप्रसाद उपाध्याय लुम्बिनी प्रदेश प्रहरी कार्यालय, मोहनकुमार आचार्य सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, राजेन्द्रप्रसाद चौधरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय र मसाउद आलम खाँ मधेश प्रदेश प्रहरी कार्यालयमा पदस्थापन भएका छन्।
यस्तै, डिआइजी मुकुन्दराज आचार्यलाई लुम्बिनी प्रदेशबाट प्रहरी प्रधान कार्यालय कार्यविभाग कार्य निर्देशनालयमा सरुवा गरिएको छ। डिआइजी पुजा सिंहलाई प्रहरी प्रधान कार्यालय महिला तथा बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयबाट बागमती प्रदेश प्रहरी कार्यालय, पुरुषोत्तम कँडेललाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट केन्द्रीय अनुसन्धान ब्यूरो र उमेश रञ्जितकारलाई मधेश प्रदेश प्रहरी कार्यालयबाट प्रधान कार्यालयको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय पठाइएको छ।
यस्तै, डिआइजी प्रकाशजंग कार्कीलाई बागमती प्रदेश प्रहरी कार्यालयबाट अपराध अनुसन्धान विभाग सरुवा गरिएको छ।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।