काठमाडौं–अमेरिकी उच्चस्तरीय संसदीय टोली काठमाडौं आइपुगेको छ। सिनेटर किर्स्टन जिलीब्रान्डको नेतृत्वको टोली नेपाल भ्रमणमा आएको हो।
टोलीमा सिनेटरहरू शेल्डन व्हाइटहाउस, कोरी बुकर, मार्क केली र प्रतिनिधि सभा सदस्य मोन्डेयर जोन्स सहभागी छन्।
नेपाल-अमेरिका सम्बन्धको ७५ औं वर्ष मनाउने पूर्वसन्ध्यामा यो उच्चस्तरीय भ्रमण दुई देशबीच रहेको आपसी लोकतान्त्रिक मान्यता, जनस्तरको सम्बन्ध तथा गहिरो कूटनीतिक साझेदारीको प्रमाण रहेको अमेरिकी दूतावासले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।