• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ २, २०८२ Fri, Jan 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

एमालेले सूर्य चिह्न अरु दललाई दिनुका तीन रणनीतिक कारण

64x64
डिबी खड्का शुक्रबार, वैशाख ९, २०७९  २०:४२
1140x725

काठमाडौं- नेकपा एमालेले गत चैत ३० गते राप्रपा नेपाल र नेपाल परिवार दलसँग तालमेलको निर्णय गर्‍यो। दुवै पार्टीसँग गरिएको सहमतिको पहिलो बुँदामा भनिएको छ- 'देशभरिका तालमेल सम्भव भएका पालिकाहरुमा आपसी तालमेल गरेर उम्मेदवार उठाउने।'

सूर्य चिह्नबाट चुनाव लड्ने, एकअर्काका उम्मेदवारलाई सघाउने, ती पार्टीका जिल्ला कमिटीहरुले आपसमा छलफल गर्ने, सहकार्यका लागि प्रस्ताव तयार गर्ने र आ-आफ्नो पार्टी केन्द्रमा पठाउने पनि सहमतिमा उल्लेख छ।

दुईटा पार्टीलाई सूर्य चिह्न दिइसकेका ओली अरु साना दललाई पनि त्यसका लागि आह्वान गरिरहेका छन्। काठमाडौंमा दुई साना दलसँग सहमति हुँदै गर्दा चैत ३० गते इनरुवामा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीको अभिव्यक्ति थियो- 'अरु साना पार्टीहरु, हाम्रो छत्रछायाँमा, हामीसँग मिलेर आफ्नो अस्तित्व रक्षाका लागि अगाडि बढ्न चाहन्छन् भने सूर्य चिह्न लिएर लड्नुस्।'

त्यसको अघिल्लो दिन उनले नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई पनि सूर्य चिह्नबाट चुनाव लड्न आह्वान गरेका थिए। चैत २९ गते एमालेको ललितपुर जिल्ला कमिटीद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले भनेका थिए, 'तपाईंहरुका कार्यकर्ताले जित्ने ठाउँमा उठाउनुस्। पार्टी तपाईंहरुकै रहन्छ, कार्यकर्ता तपाईंकै रहन्छन् तर सूर्य चिह्नबाट चुनाव लड्नुस् आरामसँग। जित्ने तरिका त्यो हो नि। आउनुस्।'

राप्रपा नेपाल र नेपाल परिवार दललाई सूर्य चिह्नमा प्रतिस्पर्धा गर्न दिने सहमतिप्रति एमालेभित्र विरोध सुरु भइसकेको थियो। पार्टीका सांसद्समेत रहेका नेता भीम रावलले ट्विटमार्फत् असन्तुष्टि पोख्दै भनेका छन्- 'के सूर्य चिह्न बिक्री हुने व्यावसायिक चिन्ह हो र? यसलाई ठूलो ठेकेदारले ठेक्का लिएर सानो ठेकेदारलाई काम दिएजस्तो गर्न मिल्छ र? दलीय प्रणाली र कम्युनिस्ट पार्टीको फजिती मात्र!'

२०७४ सालको निर्वाचनलाई आधार मान्ने हो भने सबैभन्दा 'लोकप्रिय' चिह्न सूर्य देखिएको छ। समानुपातिकमा सूर्यमा छाप लगाउनेको संख्या ३१ लाख ७३ हजार ४ सय ९४ थियो।  यति लोकप्रिय चिह्न किन अन्य पार्टीलाई बाँड्न ओली लालायित छन्?

गुप्ता र श्रीवास्तव एमाले प्रवेशको प्रभाव
पार्टीभित्र सूर्य चिह्न अरुलाई बाँड्न नहुने मतसमेत झांगिन नदिई ओलीले छिमलेका छन्। पार्टीको नेतृत्व तहमा उनले त्यसको 'ब्रिफिङ' गरेको एमालेका एक नेता बताउँछन्। 

त्यसको पहिलो कारण हो,  हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीबाट पूर्वमन्त्री तथा सांसद बृजेशकुमार गुप्ता र प्रदेश सांसद धर्मबहादुर श्रीवास्तव एमाले प्रवेश गर्नु। २०७४ सालको संघ तथा प्रदेशको निर्वाचनमा त्रिपाठीसहित गुप्ता र श्रीवास्तव एमालेको सूर्य चिह्नमा चुनाव लडेका थिए। 

Ncell 2
Ncell 2

सूर्य चिह्नमा चुनाव लडेर जितेका उनीहरुलाई एमालेमा त्यसैको मोहले ल्याइपुर्‍याएको ओलीको विश्लेषण छ। सहायक कारण अन्य भए पनि मुख्य कारणचाहिँ एकपल्ट सूर्यमा चुनाव लडिसकेका कारण उनीहरुलाई एमाले भित्र्याउने सहज भएको ओलीको बुझाइ छ। त्यसले एमालेको संगठन कमजोर भएको कपिलवस्तुको तराई क्षेत्रमा बलियो बन्दै गइरहेको ओलीले नेताहरुलाई बताएका छन्। 

उनीहरु मात्रै नभइ उनीहरुसँग  कपिलवस्तु नगपालिका वडा नम्बर १ का वडा अध्यक्ष सुदीप पौडेल, वडा नम्बर ४ का वडा अध्यक्ष रविन्द्र त्रिपाठी, वडा नम्बर १२ का वडा अध्यक्ष ओमप्रकाश पाण्डेय, त्यस्तै  बुद्धभूमि नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नन्दलाल यादव, यशोधरा गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष शहबुद्धिन मुसलमान, कपिलवस्तु नगरपालिकाका पूर्वमेयर रामदास गुप्ता, पूर्वउपमेयर वासुदेव कसौधन, कृष्नगरका युवा नेता कुनालप्रताप शाहलगायतका नेकपा एमाले प्रवेश गरेका थिए। जसले गर्दा सूर्यको प्रभाव वडा तहमै पुगेको आफू निकटस्थ नेताहरुलाई ओलीले बताउने गरेका छन्। 

दुई दलीय प्रणाली
नेकपा एमाले अहिले दुई दलीय प्रणालीका लागि लबिइङ गरिरहेको छ। अध्यक्ष ओली नै यसबारे बोलिसकेका छैनन्। तर, ओलीका प्रिय पात्रसमेत रहेका एमाले महासचिव शंकर पोखरलले यसलाई निरन्तर उठाइरहेका छन्। 

महासचिव पोखरेलले १५ फागुनमा पहिलोपल्ट यसलाई अघि बढाएका थिए। काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भनेका थिए, ‘जति धेरै पार्टी त्यति धेरै अस्थिरता, जति धेरै पार्टी त्यति धेरै झै–झगडा। यसलाई रोक्न अब नेपाली राजनीतिलाई, लोकतान्त्रिक प्रणाली टु पार्टी सिस्टमतर्फ लैजान जरुरी छ।’

पोखरेलले चैत ३ मा अखिल नेपाल महिला संघ सातौं राष्ट्रिय कमिटीले काठमाडौंमा गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा पनि यही कुरा दोहोर्‍याए। त्यहाँ उनले भने,  ‘अहिले थुप्रै  (पार्टी) छन्। ती पार्टीहरुलाई चुनाव जित्न नसक्ने तहमा पुर्‍यायौं भने बिलाएर जान्छन्। अब गर्ने यही हो।’

एमालेले यस्तो रणनीति लिइरहँदा आगामी दिनमा साना पार्टी ठूला पार्टीमा विलय हुने आँकलन गरेको छ। अहिलेदेखि नै चुनाव चिह्न सूर्य लिनेहरु त्यो परिस्थितिमा एमालेमा समाहित हुने विश्‍लेषण गरिएको छ। त्यसैलै साना दललाई सूर्यमा चुनाव लड्न एमालेले प्रोत्साहित गरिरहेको छ। 

नयाँ मतदाता तान्ने जुक्ति
नेकपा एमाले अध्यक्ष ओली दृष्यमा स्थानीय तहको निर्वाचनको प्रचारमा छन्, यथार्थमा भने संघीय निर्वाचनको तयारी गरिरहेका छन्। त्यसकारण मतदाता बढाउने कुनै पनि कसुर बाँकी नछाड्ने गरी लागिपरेका छन्। 

स्थानीय तहको निर्वाचनमा आगन्तुकलाई नै टिकटमा प्राथमिकता दिने नीति एमालेको देखिन्छ। त्यसले आगामी संघ र प्रदेशको निर्वाचनमा सफलता हासिल गर्न सघाउने ओलीको अपेक्षा छ। 

अहिले अन्य पार्टीलाई सूर्यमा चुनाव लड्न प्रेरित गर्नुको उद्देश्य धेरै भन्दा धेरै नयाँ मतदाताले पहिलो भोट सूर्यमा हालुन् भन्ने ओलीको चाहना हो। एकपल्ट सूर्यमा मतदान गरेको व्यक्ति कुनै न कुनै रुपमा फेरि त्यही चिह्नमा फर्किने उनको बुझाइ छ। अहिले सूर्यमा मतदान गर्ने साना दलका मतदाताले आगामी प्रदेश र संघको निर्वाचनमा आफ्नो पार्टीले हार्ने निश्चित हुँदा एमालेलाई सघाउने सक्ने एमाले नेताहरुको बुझाइ छ। 

गएको पाँच वर्षमा ३६ लाख ५९ हजार २ सय ९९ मतदाता नयाँ थपिएका छन्। 

प्रकाशित मिति: शुक्रबार, वैशाख ९, २०७९  २०:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
आफूहरुविरुद्ध गलत निर्णय भए प्रतिकार गर्न तयार रहन पार्टीपंक्तिलाई पूर्णबहादुर खड्काको निर्देशन शुक्रबार, माघ २, २०८२
सानेपाबाट पूर्णबहादुरको आपत्ति- विधानविपरीत डाकिएको भेलालाई विशेष महाधिवेशन भनियो शुक्रबार, माघ २, २०८२
एमालेले बोलायो सचिवालय बैठक शुक्रबार, माघ २, २०८२
आधिकारिकता दाबी गर्न गगन पक्षका नेताहरू निर्वाचन आयोगमा शुक्रबार, माघ २, २०८२
काठमाडौँ महानगरका प्रहरी प्रमुख राजु पाण्डेले दिए राजीनामा शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
‘विप्लव’ र मिराज ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर बिहीबार, माघ १, २०८२
पेट्रोलियम पदार्थको मूल्य घट्यो शुक्रबार, माघ २, २०८२
उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबिच एकता बिहीबार, माघ १, २०८२
सभापति थापाले भने : ‘निर्वाचन आयोगले विशेष महाधिवेशनको निर्णयलाई अद्यावधिक गर्नेमा विश्वस्त छु’ बिहीबार, माघ १, २०८२
कांग्रेस कार्यवाहक सभापति खड्काले केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्