• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

एमालेले सूर्य चिह्न अरु दललाई दिनुका तीन रणनीतिक कारण

64x64
डिबी खड्का शुक्रबार, वैशाख ९, २०७९  २०:४२
1140x725

काठमाडौं- नेकपा एमालेले गत चैत ३० गते राप्रपा नेपाल र नेपाल परिवार दलसँग तालमेलको निर्णय गर्‍यो। दुवै पार्टीसँग गरिएको सहमतिको पहिलो बुँदामा भनिएको छ- 'देशभरिका तालमेल सम्भव भएका पालिकाहरुमा आपसी तालमेल गरेर उम्मेदवार उठाउने।'

सूर्य चिह्नबाट चुनाव लड्ने, एकअर्काका उम्मेदवारलाई सघाउने, ती पार्टीका जिल्ला कमिटीहरुले आपसमा छलफल गर्ने, सहकार्यका लागि प्रस्ताव तयार गर्ने र आ-आफ्नो पार्टी केन्द्रमा पठाउने पनि सहमतिमा उल्लेख छ।

दुईटा पार्टीलाई सूर्य चिह्न दिइसकेका ओली अरु साना दललाई पनि त्यसका लागि आह्वान गरिरहेका छन्। काठमाडौंमा दुई साना दलसँग सहमति हुँदै गर्दा चैत ३० गते इनरुवामा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीको अभिव्यक्ति थियो- 'अरु साना पार्टीहरु, हाम्रो छत्रछायाँमा, हामीसँग मिलेर आफ्नो अस्तित्व रक्षाका लागि अगाडि बढ्न चाहन्छन् भने सूर्य चिह्न लिएर लड्नुस्।'

त्यसको अघिल्लो दिन उनले नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई पनि सूर्य चिह्नबाट चुनाव लड्न आह्वान गरेका थिए। चैत २९ गते एमालेको ललितपुर जिल्ला कमिटीद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले भनेका थिए, 'तपाईंहरुका कार्यकर्ताले जित्ने ठाउँमा उठाउनुस्। पार्टी तपाईंहरुकै रहन्छ, कार्यकर्ता तपाईंकै रहन्छन् तर सूर्य चिह्नबाट चुनाव लड्नुस् आरामसँग। जित्ने तरिका त्यो हो नि। आउनुस्।'

राप्रपा नेपाल र नेपाल परिवार दललाई सूर्य चिह्नमा प्रतिस्पर्धा गर्न दिने सहमतिप्रति एमालेभित्र विरोध सुरु भइसकेको थियो। पार्टीका सांसद्समेत रहेका नेता भीम रावलले ट्विटमार्फत् असन्तुष्टि पोख्दै भनेका छन्- 'के सूर्य चिह्न बिक्री हुने व्यावसायिक चिन्ह हो र? यसलाई ठूलो ठेकेदारले ठेक्का लिएर सानो ठेकेदारलाई काम दिएजस्तो गर्न मिल्छ र? दलीय प्रणाली र कम्युनिस्ट पार्टीको फजिती मात्र!'

२०७४ सालको निर्वाचनलाई आधार मान्ने हो भने सबैभन्दा 'लोकप्रिय' चिह्न सूर्य देखिएको छ। समानुपातिकमा सूर्यमा छाप लगाउनेको संख्या ३१ लाख ७३ हजार ४ सय ९४ थियो।  यति लोकप्रिय चिह्न किन अन्य पार्टीलाई बाँड्न ओली लालायित छन्?

गुप्ता र श्रीवास्तव एमाले प्रवेशको प्रभाव
पार्टीभित्र सूर्य चिह्न अरुलाई बाँड्न नहुने मतसमेत झांगिन नदिई ओलीले छिमलेका छन्। पार्टीको नेतृत्व तहमा उनले त्यसको 'ब्रिफिङ' गरेको एमालेका एक नेता बताउँछन्। 

त्यसको पहिलो कारण हो,  हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीबाट पूर्वमन्त्री तथा सांसद बृजेशकुमार गुप्ता र प्रदेश सांसद धर्मबहादुर श्रीवास्तव एमाले प्रवेश गर्नु। २०७४ सालको संघ तथा प्रदेशको निर्वाचनमा त्रिपाठीसहित गुप्ता र श्रीवास्तव एमालेको सूर्य चिह्नमा चुनाव लडेका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

सूर्य चिह्नमा चुनाव लडेर जितेका उनीहरुलाई एमालेमा त्यसैको मोहले ल्याइपुर्‍याएको ओलीको विश्लेषण छ। सहायक कारण अन्य भए पनि मुख्य कारणचाहिँ एकपल्ट सूर्यमा चुनाव लडिसकेका कारण उनीहरुलाई एमाले भित्र्याउने सहज भएको ओलीको बुझाइ छ। त्यसले एमालेको संगठन कमजोर भएको कपिलवस्तुको तराई क्षेत्रमा बलियो बन्दै गइरहेको ओलीले नेताहरुलाई बताएका छन्। 

उनीहरु मात्रै नभइ उनीहरुसँग  कपिलवस्तु नगपालिका वडा नम्बर १ का वडा अध्यक्ष सुदीप पौडेल, वडा नम्बर ४ का वडा अध्यक्ष रविन्द्र त्रिपाठी, वडा नम्बर १२ का वडा अध्यक्ष ओमप्रकाश पाण्डेय, त्यस्तै  बुद्धभूमि नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नन्दलाल यादव, यशोधरा गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष शहबुद्धिन मुसलमान, कपिलवस्तु नगरपालिकाका पूर्वमेयर रामदास गुप्ता, पूर्वउपमेयर वासुदेव कसौधन, कृष्नगरका युवा नेता कुनालप्रताप शाहलगायतका नेकपा एमाले प्रवेश गरेका थिए। जसले गर्दा सूर्यको प्रभाव वडा तहमै पुगेको आफू निकटस्थ नेताहरुलाई ओलीले बताउने गरेका छन्। 

दुई दलीय प्रणाली
नेकपा एमाले अहिले दुई दलीय प्रणालीका लागि लबिइङ गरिरहेको छ। अध्यक्ष ओली नै यसबारे बोलिसकेका छैनन्। तर, ओलीका प्रिय पात्रसमेत रहेका एमाले महासचिव शंकर पोखरलले यसलाई निरन्तर उठाइरहेका छन्। 

महासचिव पोखरेलले १५ फागुनमा पहिलोपल्ट यसलाई अघि बढाएका थिए। काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भनेका थिए, ‘जति धेरै पार्टी त्यति धेरै अस्थिरता, जति धेरै पार्टी त्यति धेरै झै–झगडा। यसलाई रोक्न अब नेपाली राजनीतिलाई, लोकतान्त्रिक प्रणाली टु पार्टी सिस्टमतर्फ लैजान जरुरी छ।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पोखरेलले चैत ३ मा अखिल नेपाल महिला संघ सातौं राष्ट्रिय कमिटीले काठमाडौंमा गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा पनि यही कुरा दोहोर्‍याए। त्यहाँ उनले भने,  ‘अहिले थुप्रै  (पार्टी) छन्। ती पार्टीहरुलाई चुनाव जित्न नसक्ने तहमा पुर्‍यायौं भने बिलाएर जान्छन्। अब गर्ने यही हो।’

एमालेले यस्तो रणनीति लिइरहँदा आगामी दिनमा साना पार्टी ठूला पार्टीमा विलय हुने आँकलन गरेको छ। अहिलेदेखि नै चुनाव चिह्न सूर्य लिनेहरु त्यो परिस्थितिमा एमालेमा समाहित हुने विश्‍लेषण गरिएको छ। त्यसैलै साना दललाई सूर्यमा चुनाव लड्न एमालेले प्रोत्साहित गरिरहेको छ। 

नयाँ मतदाता तान्ने जुक्ति
नेकपा एमाले अध्यक्ष ओली दृष्यमा स्थानीय तहको निर्वाचनको प्रचारमा छन्, यथार्थमा भने संघीय निर्वाचनको तयारी गरिरहेका छन्। त्यसकारण मतदाता बढाउने कुनै पनि कसुर बाँकी नछाड्ने गरी लागिपरेका छन्। 

स्थानीय तहको निर्वाचनमा आगन्तुकलाई नै टिकटमा प्राथमिकता दिने नीति एमालेको देखिन्छ। त्यसले आगामी संघ र प्रदेशको निर्वाचनमा सफलता हासिल गर्न सघाउने ओलीको अपेक्षा छ। 

अहिले अन्य पार्टीलाई सूर्यमा चुनाव लड्न प्रेरित गर्नुको उद्देश्य धेरै भन्दा धेरै नयाँ मतदाताले पहिलो भोट सूर्यमा हालुन् भन्ने ओलीको चाहना हो। एकपल्ट सूर्यमा मतदान गरेको व्यक्ति कुनै न कुनै रुपमा फेरि त्यही चिह्नमा फर्किने उनको बुझाइ छ। अहिले सूर्यमा मतदान गर्ने साना दलका मतदाताले आगामी प्रदेश र संघको निर्वाचनमा आफ्नो पार्टीले हार्ने निश्चित हुँदा एमालेलाई सघाउने सक्ने एमाले नेताहरुको बुझाइ छ। 

गएको पाँच वर्षमा ३६ लाख ५९ हजार २ सय ९९ मतदाता नयाँ थपिएका छन्। 

प्रकाशित मिति: शुक्रबार, वैशाख ९, २०७९  २०:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्