काठमाडौं- नेपाली कांग्रेसका शीर्ष नेताहरुको बालुवाटारमा बसेको बैठक स्थगित भएको छ। शुक्रबार दिउँसोबाट प्रधानमन्त्रीको सरकारी निवासमा बसेको कांग्रेस पदाधिकारीहरुको बैठक अपाह्न पाँच बजेपछि फेरि बस्ने गरि सकिएको हो।
बिहान १० वजेदेखि बसेको बैठकमा महानगर र उपमहानगरको उम्मेदवार र स्थानीय निर्वाचनमा कसरी जाने भन्ने विषयमा छलफल भएको एक नेताले बताए। ६ महानगर र ११ उपमहानगर मध्ये आफ्नो भागमा परेको महानगर र उपमहानगरमा भोलिसम्म उम्मेदवार टुङ्गो लगाउनुपर्ने छ।
वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गनुपर्ने भएकाले आज बस्ने भनिएको केन्द्रिय कार्यसम्पादन समितिको वैठक भोलिका लागि सारिएको छ।
बालुवाटार बैठकमा सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेताहरु कृष्णप्रसाद सिटौला, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ लगायत सहभागी रहेका छन्। गठबन्धनका कारण पार्टीभित्र देखिएको असन्तुष्टिका बारेमा पनि पार्टीमा छलफल भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।