काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सरेको छ। समितिको बैठक वैशाख ९ गते शुक्रबारका दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भनिएको थियो।
कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज बस्ने भनिएको बैठक शनिबार बिहान ११ बजे बस्ने गरि सरेको जानकारी दिए।
बैठकले महानगर र उपमहानगरका मेयर र उपमेयर टुंग्याउने तयारी गरेको छ। सत्ता गठबन्धको बैठकले ६ महानगरमध्ये ३ कांग्रेसको प्रमुख रहेने टुंगो लगाएको छ भने ११ उपमहानरमध्ये ७ वटामा कांग्रेसले नेतृत्व गर्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।