काठमाडौं- नेपाली कांग्रेस रूपन्देही क्षेत्र नम्बर २ का सभापति हरि लम्सालले पार्टीको सबै जिम्मेबारीबाट राजीनामा दिएका छन्।
स्थानीय तह निर्वाचनको विषयमा पार्टी नेतृत्वले कार्यकर्ताको भावना विपरित निर्णय गरेको भन्दै उनले पार्टीको साधारण सदस्यसमेत नरहने गरि शुक्रबार राजीनामा दिएका हुन्।
लम्साल बुटवल उपमहानगरपालिकाको मेयरका आकाक्षी थिए। उनी दुई कार्यकाल पार्टीको क्षेत्रीय सभापति समेत रहेका थिए।
लम्सालले नगरमा सिफारिस गर्दा षडयन्त्रपूर्वक काम गरेको आरोप लगाएका छन्। उनले २०४८ सालदेखि कांग्रेसमा सक्रिय रहेको भए पनि आफू अन्यायमा परेको महशुस भएकाले पार्टी छोड्न निर्णय गरेको राजीनामा उल्लेख गरेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।