काठमाडौं- नेकपा एमालेले आगामी स्थानीय तहको निर्वाचनका लागि पार्टीको तर्फबाट घोषणापत्र सार्वजनिक गरेको छ। शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा घोषणापत्र सार्वजनिक गरिएको हो।
घोषणापत्रमा आफ्ना जनप्रतिनिधिका सन्दर्भमा ६ वटा संकल्प व्यक्त गरिएको छ। जसमा शासक होइन, जनताको सेवक हुने लगायतका बुँदाहरू छन्।
यी हुन् 'हाम्रो संकल्प' भन्दै उल्लेख गरिएको ६ बुँदाहरू :
१. हाम्रा जनप्रतिनिधिहरू शासक होइन, जनताका सेवक हुनेछन्।
२. हाम्रा जनप्रतिनिधिहरू सामाजिक जागरण र विकास अभियन्ता हुनेछन्।
३. हाम्रो नेतृत्वमा रहेका पालिकाहरू सुशासनमा नमुन बन्नेछन्।
४. हाम्रा जनप्रतिनिधिहरूले सदाचारमा दृष्टान्त स्थापित गर्नेछन्।
५. हाम्रा जनप्रतिनिधिहरूले आफूले कुनै भ्रष्टाचार गर्ने छैनन् र कडाइका साथ भ्रष्टाचार नियन्त्रण गर्नेछन्।
६. हाम्रा जनप्रतिनिधिहरूले भ्रष्टाचारी, व्यभिचारी, अनियमितता र सार्वजनिक सम्पत्तिको दोहन गर्नेहरूलाई कानुनी कारबाहीको दायरामा पुर्यातउन अग्रणी भूमिका खेल्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।