काठमाडौं– नेकपा एमालेले देशभरका ७५३ वटै स्थानीय तहमा एकसाथ चुनावी प्रतिबद्धता पत्र (घोषणापत्र) सार्वजनिक गरेको छ।
आगामी निर्वाचनलाई लक्षित गर्दै एमालेले आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो। एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले केन्द्रमा प्रतिवद्धता सार्वजनिक गर्दै यसको जानकारी दिए।
एमालेले केन्द्रमा कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा नयाँ पार्टी कार्यालय तुल्सीलाल प्रतिष्ठानमा कार्यक्रम गर्दै घोषणापत्र सार्वजनिक गर्यो।
वैशाख ३० गते देशभर एकै चरणमा स्थानीय निर्वाचन हुँदैछ। उक्त निर्वाचनका लागि स्थानीयस्तरमा र केन्द्रमा गरि अलग अलग प्रतिवद्धतापत्र जारी गरिएको एमालेले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।