काठमाडौं- नेकपा एमाले समर्थित विद्यार्थी संगठन अनेरास्ववियुमा आबद्धहरुलाई स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनाउन अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलको ध्यानाकर्षण गरिएको छ।
अनेरास्ववियु अध्यक्ष सुनिता बरालसहितको टोलीले ओली र पोखरेललाई भेटेर ध्यानाकर्षण गराएको अखिल उपमहासचिव नरेश रोकाले बताए।
उनले भने, 'अनेरास्ववियुमा कार्यरत साथीहरु तथा युवा प्रतिनिधित्वका विषयलाई विशेष प्राथमिकता राखेर उम्मेदवार बनाउने निर्णय गरिदिन आग्रह गरिएको छ।'
उनले हाल सिफारिसमा परेका अनेरास्ववियुका सदस्यहरुको सूचीसमेत अध्यक्ष ओली र महासचिव पोखरेललाई बुझाइएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।