काठमाडौं- नेकपा एमालेले आगामी स्थानीय तहको चुनावका लागि पार्टीको तर्फबाट घोषणापत्र सार्वजनिक गरेको छ।
शुक्रबार नयाँ पार्टी कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओली लगायतका मुख्य नेताहरुले घोषणापत्र सार्वजनिक गरेका हुन्।
घोषणापत्र मस्यौदा लेखनका लागि गठन गरिएको ११ सदस्यीय कार्यादलको नेतृत्व गरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले घोषणापत्रको विशेषता बताएका थिए।
उनले घोषणापत्र तयार गरिरहँदा सुशासन र समृद्धिका लागि स्थानीय तहको निर्वाचन आधार भएकोमा जोड दिएको बताए।
आजै ७५३ वटा स्थानीय तहमा त्यहाँको प्रतिबद्धतापत्र सार्वजनिक गरिएको पोखरेलले बताए। 'यसले आगामी दिनमा एमाले कसरी अगाडि बढ्न चाहन्छ भन्ने कुरालाई दिशानिर्देश गरेको छ', पोखरेलले भने।
एमालेको पार्टी कार्यालय शुक्रबारै थापाथलीबाट च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सरेको हो।
यस्तो छ घोषणापत्रको पूर्णपाठ :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।