काठमाडौं- नेकपा एमालेको नयाँ पार्टी कार्यालयको उद्घाटन भएको छ। अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार दिउँसो च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठान केन्द्रमा पार्टी कार्यालयको उद्घाटन गरेका हुन्।
उनले भवन परिसरमा राखिएको स्तम्भको पर्दा हटाएर कार्यालयको उद्घाटन गरेका हुन्। पार्टी कार्यालय उद्घाटनपछि ओलीले निरीक्षण गरेका थिए।
एमालेको बल्खुस्थित मुख्यालय २०७२ को भूकम्पले ध्वस्त बनाएपछि एमालेले आफ्नो कार्यालय धुम्बाराही सारेको थियो। केही अघि त्यहाँबाट थापाथली सारेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।