• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

जग्गा कारोबारीलाई मात्र फाइदा पुग्नेगरी भक्तपुरको चाँगुनारायणमा खोलो पुरेर सडक बनाइँदै

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख ९, २०७९  १३:११
1140x725

काठमाडौं– भक्तपुरको चाँगुनारायण नगरपालिकामा खहरे खोला मासेर प्लानिङको लागि सडक निर्माणको काम गरिएपछि स्थानीयहरु विरोधमा उत्रिएका छन्। जग्गा कारोबारी र जनप्रतिनिधिको मिलेमतोमा नगरपालिकाको समेत बजेट प्रयोग गरेर खोलो मिचेर बाटो बनाउन थालिएपछि स्थानीयहरु विरोधमा उत्रिएका हुन्। 

चाँगुनारायण नगरपालिकाको वडा नम्बर ५ मा पर्ने भने खोलो मासेर सडक निर्माण गर्न थालिएको हो। खोलो पुरेर बनाउन लागिएको सडकको लागि ५ नम्बर वडा कार्यालयबाट ३० रुपैयाँ बजेट विनियोजन गरिएको छ। 

जग्गा कारोबारीको प्लानिङलाई मात्र फाइदा पुग्ने सडक निर्माण गरिँदै छ। सडक निर्माणका लागि भने खोलो नै खनेर ढल निकासका लागि ह्यम पाइप हाल्न लागिएको छ। खोलो नै मासेर सडक तथा ढल निर्माण गर्दा बस्ती डुवानमा पर्ने स्थानीयको चिन्ता छ। 

काठमाडौं उपत्यकामा प्लानिङ परमिट स्वीकृत गरेर मात्रै हाउजिङ, अपार्टमेन्ट र घडेरीहरु विकास गर्नुपर्ने हुन्छ। काठमाडौं उपत्यका विकास प्राधिकरणले प्लानिङ परमिट स्वीकृत गराउन पटक–पटक ताकेदा पनि गर्दै आएको छ। तर, चाँगुनारायण–५ मा भने स्वीकृती नै प्राप्त नगरेको प्लानिङका लागि खोलो पुरेर सडक निर्माण गर्न थालिएको छ।   

चाँगुनारायण नगरपालिकामा वडा नम्बर ५ का सचिव राकेश बासुकलाले वडा कार्यालयको २०७८ जेठ २८ गते बसेको बैठकले बस्ती विकासको लागि भन्दै ३० लाख रुपैयाँ बजेट छुट्याएको जानकारी दिए। वडा कार्यालयको २८ जेठ २०७८ को बैठको निर्णयानुसार विनियोजित बजेट खोला पुरेर बनाउन लागिएको सडकमा समेत प्रयोग गरिएको छ। 

स्थानीयले भने खोला पुरेर निर्माण गर्न लागिएको सडकमा सरकारी बजेट दुरुपयोग गरेर जनप्रतिनिधले 'भ्रष्टाचार' गरेको आरोप लगाएका छन्। उक्त खोलाको पानीबाट स्थानीयले सिँचाइमा समेत प्रयोग गर्दै आएका छन्। .

चाँगुनारायण–५ की स्थानीय कृष्णमाया चाँकतू खोला पुरेर सडक निर्माण गरिँदा आफूहरुको बस्ती नै डुवानमा पर्ने बताउँछिन्। वर्षौंदेखि सिँचाइका लागि प्रयोग गर्दै आएको खोलो पुरिँदा आफूहरुको जीविकामा समेत असर पर्ने उनको भनाइ छ। 

Ncell 2
Ncell 2
nimb
nimb

खोला सीमाको दक्षिण र पूर्व भागमा करिव ४० घरपरिवारको चाँकतू बस्ती छ। सडक निर्माण हुँदा वस्तीलाई कुनै फाइदा भने हुनेछैन। जग्गा व्यवसायीले आफ्नो प्लानिङका लागि मात्रै उपयोग हुने गरी सडक बनाउन लागेका हुन्।   

पछिल्लो समय भक्तपुरमा अवैध रुपमा प्लानिङ गर्ने कार्य धमाधम भइरहेको छ । प्लानिङका लागि सिधै अनुमति दिन नमिल्ने भएपछि घडेरी खार्ने बहानामा जग्गा व्यापारीहरुले जनप्रतिनिधि र कर्मचारीसँग सेटिङ गरी काम गर्ने गरेका र पूर्वधार विकासको नाममा कागजमा उपभोक्ता समिति गठन गरी सार्वजनिक सम्पतीमा कब्जा जमाउँदै आएको स्थानीयहरुको आरोप छ । चाँगुनारायण नगरपालीका वडा नं ५ कैै ढिकुरे पाटीमा पनि करिव १४ आना सरकारी जग्गामा प्लानिङको सडक निर्माण भएको समेत स्थानीयहरुको आरोप छ । भक्तपुर जिल्ला आयुक्तको कार्यालयले भक्तपुरका चारवटा नगरपालिकाका ९२ स्थानमा अवैध प्लानिङ भइरहेको भन्दै गत माघ ६ गते सूचि सार्वजनिक गरेको थियो । जसमध्ये चाँगुनारायण नगरपालिकामा मात्रै ८० स्थानमा अवैध प्लटिङ रहेको छ । 

'प्लानिङका लागि मात्रै प्रयोग गर्न मिल्नेगरी खोलो पुरेर सडक बनाउन लागिएको छ। अहिले दैनिक २ वटा डोजर र मजदुरहरु प्रयोग गरेर खोलो पुर्ने र सम्याउने काम भइरहेको छ। सडक बनाउने चर्चा चलेदेखि नै हामीले विरोध गरेका हौं। तर, हाम्रो कुरा सुन्दै नसुनी सडक बनाउन थालिएको छ,' अर्का स्थानीय श्रीभक्त चाँकतू भन्छन्। 

आफूहरुसँग छलफल नै नगरी, जग्गाको साँध सीमाना नछुट्याइ जबरजस्ती रुपमा व्यक्तिगत लाभका लागि खोला पुर्न सुरु गरिएको स्थानीयको भनाइ छ। सिँचाइका लागि समेत उपयोग हुँदै अएको उक्त खोला यसअघि १० फिटको रहेकोले सो क्षेत्रफलमा खोला कायम राख्न स्थानीयको माग छ। 

वडा कार्यालयका सचिव राकेश बासुकला भने उपभोक्ता समिति नै गठन गरेर सडक निर्माणको काम भइरहेकाले ठेकेदारलाई फाइदा पुग्नेगरी मात्रै सडक निर्माण भइरहेको भन्न नमिल्ने बताउँछन्। 

'भक्तपुर–चाँगु सडकको पिचबाट छुट्टिएर दीप सरस्वती स्कूल हुँदै चाँकतू टोल जाने बाटो स्तरोन्नतिका लागि हाल दुईवटा उपोभोक्ता समितिमार्फत् काम भइरहेको छ। नगरपालिकाका इन्जिनियरले तयार पारेको डिजाइनका आधारमा खोलामा ह्युम पाइप राखेर ढल निकास खोल्ने काम हुन लागेको हो,' वडा सचिव बासुकलाले भने। –न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शुक्रबार, वैशाख ९, २०७९  १३:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी : १ हजार २०४ शव फेला, ४ हजार बढी अझै सम्पर्कविहीन
पत्रकार बशन्त उपाध्यायको निधन
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट
सम्बन्धित सामग्री
भोटेकोशी बाढी : १ हजार २०४ शव फेला, ४ हजार बढी अझै सम्पर्कविहीन रसुवामा ११५, नुवाकोटमा १ सय ५५, धादिङमा ६०, चितवनमा ३४८, गोरखामा ६९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१७, नवलपरासी पश्‍चिममा २०२ गरी १... बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन अचेत अवस्थामा सिमरामा भेटिएका उपाध्यायलाई उपचारका लागि हिजो पर्सा लगिएको थियो। पर्सामा उपचारका क्रममा उनको निधन भएको पारिवारिक स्रोत... बुधबार, भदौ १७, २०८३
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट कम्पनीका अनुसार ग्राहकहरूले प्रयोग गरेको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवाको मूल्य सोमबारसम्ममा रु. १ करोड २० लाख भन्दा बढी पुगिसक... बुधबार, भदौ १७, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी : १ हजार २०४ शव फेला, ४ हजार बढी अझै सम्पर्कविहीन बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढी : चीन र अमेरिकाबाट आयो लाखौं डलरहको राहत सामग्री बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढीमा बगेका ९ शव भारतबाट नेपाल ल्याइयो बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सिके राउतले हारे मुद्दा मंगलबार, भदौ १६, २०८३
एमाले नेतृ झाँक्रीको दाबी– युरेनियमका कारण सरकारले अझ यो भन्दा दर्दनाक विपद् निम्त्याउन बाँकी छ मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्