काठमाडौं– काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको मेयरका लागि नेपाली कांग्रेसबाट २ जनाको नाम सिफारिस भएको छ।
कांग्रेसको गोकर्णेश्वर नगर समितिले मेयर पदमा उम्मेदवारका लागि दीपक रिसाल र कुमार लामाको नाम सिफारिस गरेको हो।
कांग्रेसको काठमाडौं क्षेत्र नम्बर ३ का सचिव रिसाललाई पहिलो नम्बरमा र नगर समितिका सभापति लामालाई दोस्रो नम्बरमा सिफारिस गरेको गरिएको हो।
यस्तै, उपमेयरको उम्मेदवारमा शान्ति नेपाल, गीता सिंखडा र लेख कुमारी पुडासैनीको नाम सिफारिस गरेको छ। नेपाल अहिलेकी उपमेयर हुन्।
२०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसबाट विजयी हालका मेयर एवम् कांग्रेस क्षेत्रीय सभापति सन्तोष चालिसेलाई सघाएका रिसालले यस पटक आफू उम्मेदवार बन्ने आकांक्षा राखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।