काठमाडौं– उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। लघुवित्तको सेयर बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा शुक्रबार लघुवित्तको आईपीओ बाँडफाँट भएको हो।
लघुवित्तले गत चैत २५ गतेदेखि ३० गतेसम्म निष्कासन तथा बिक्री खुला गरेको आईपीओमा कुल २३ लाख ५१ हजार ४६२ आवेदकबाट २ करोड ६२ लाख ५७ हजार ६५० कित्ताका लागि आवेदन परेको थियो। कुल आवेदनमध्ये २३ लाख ४९ हजार ५६ वटा आवेदन स्वीकृत भएको छ।
स्वीकृत आवेदनमध्ये २२ हजार ११५ आवेदकलाई १० कित्ताका दरले सेयर बाँडफाँट गरिएको छ। सोमध्ये भाग्यमानी ६ जनाले थप १ कित्ता प्राप्त गरेका छन्। बाँकी २३ लाख २६ हजार ९४१ आवेदकको हात खाली रहेको छ।
हाल ४ करोड २० लाख रुपैयाँ रहेको लघुवित्तको चुक्ता पूँजी आईपीओ निष्कासनपश्चात् ६ करोड ५६ लाख २५ हजार रुपैयाँ पुग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।