• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

कांग्रेस महामन्त्री थापाको डरमै प्रहार : कांग्रेसले छाडेकै महानगर र उपमहानगरमा नयाँ मतदाता धेरै

64x64
नेपाल लाइभ बिहीबार, वैशाख ८, २०७९  १९:५३
1140x725

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पछिल्ला दिनहरुमा निरन्तर उठाइरहेका छन्- ३६ लाखभन्दा धेरै नयाँ मतदाता थपिएका छन्। पहिलोपल्ट मतदान गर्दा अर्कै चिह्नमा छाप हान्न प्रोत्साहित गर्‍यौं भने हामी सधैं डरमा रहनुपर्छ।

केही समयअघि बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा उनले गठबन्धन गर्दाको जोखिम औंल्याउँदै यसलाई उठाएका थिए। बुधबार प्रधानमन्त्रीनिवास बालुवाटारमा गठबन्धनबीच सहमति हुँदै गर्दा पनि उनले दोहोर्‍याए, 'नेपाली कांग्रेस पार्टीसँग ३०/३२ लाख मतदाता छन्। हामीहरु यतिमै चित्त बुझाउने हो, मतदाता बढाउने हिम्मत नगर्ने हो भने कुनै न कुनै रुपमा कम्युनिस्ट पार्टीको डरमा बाँच्नुपर्ने हुन्छ।'

२०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसले ३१ लाख २८ हजार ३८९ मत हासिल गरेको थियो। 

यस दृष्टिले हेर्दा यसपल्ट मतदाता नामावलीमा थपिएका ३६ लाख ५९ हजार २ सय ९९ मतदाता २०७४ सालको ठूलो पार्टी एमालेभन्दा पनि ठूलो शक्ति हो। एमालेले ३१ लाख ७३ हजार ४ सय ९४ मत पाएको थियो।

अरुलाई छाडेको नगरमै बढी मतदाता नयाँ
कांग्रेस महामन्त्री थापाको कोणबाट विश्लेषण गर्दा नेपाली कांग्रेसले नयाँ मतदातालाई  पहिलो चिह्न अर्थात् मेयरमा रुखमा भोट हाल्न प्रेरित गर्ने ठूलो अवसर गुमाएको छ। गठबन्धन गर्दा नेपाली कांग्रेसले छाडेका दुई महानगरमै यसपल्ट मतदाताको संख्या थपिएको छ।

पोखरा महानगरपालिकाको मेयर एकीकृत समाजवादीले पाएको छ। यसपल्ट सबैभन्दा धेरै मतदाता थपिएको यही महानगरमा हो। ३९ हजार ६४३ मतदाता जना थपिएकोमा नयाँ महिला मतदाता १९ हजार ९५५  र  पुरुष १९ हजार ६८९ छन्।

पोखरापछि चितवनको भरतपुर महानगरपालिकामा मतदाता बढेका छन्। उक्त महानगरपालिका पनि कांग्रेसको भागमा छैन। नेकपा माओवादी केन्द्रले पाएको भरतपुरमा ३५ हजार ४७८ मतदाता नयाँ छन्।

२०७४ सालमा महिला ७९ हजार ९२ र पुरुष ७१ हजार १८१ गरी कूल एक लाख ५० हजार २७४ मतदाता थिए। २०७९ सालसम्म आइपुग्दा यो संख्या बढेर एक लाख ८५ हजार ७५२ पुगेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

निर्वाचन आयोगले दिएको विवरण अनुसार वैशाख ३० गते हुने निर्वाचनमा भरतपुर महानगरपालिकामा ९६ हजार ८६७ महिला र ८८ हजार ८८४ पुरुषले भोट हाल्न पाउँछन्। यो तथ्यांकले भरतपुर महानगरपालिकामा पाँच वर्षको अवधिमा मतदाता बढेको देखाउँछ।

जनता समाजवादी पार्टीको भागमा परेको वीरगञ्जमा पाँच वर्षको अवधिमा १६ हजार १४६ जना मतदाता थपिएका छन्। वीरगञ्जमा २०७४ सालमा महिला ४६ हजार ८३२ र पुरुष ६१ हजार ६६६ गरी जम्मा एक लाख आठ हजार ५०१ मतदाता थिए। अहिले बढेर महिला ५३ हजार ८३३ र पुरुष ७० हजार ८१० गरी कूल एक लाख २४ हजार ६४७ पुगेका छन्।

यी तीनै महानगर गरी ९१ हजार दुई सय ७६ जना मतदाता पहिलो चिह्न रुखमा मतदान गर्न नपाउने भएका हुन्।

कांग्रेसले मेयर पाएको काठमाडौं, विराटनगर र ललितपुर महानगरमा क्रमश: २० हजार ९३३,  १९ हजार ३८१ र ९ हजार ९ सय ६८ मतदाता बढेका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उपमहानगरमा पनि उस्तै
दाङको घोराही उपमहानगरपालिकामा ३४ हजार पाँच सय मतदाता बढेका छन्। जहाँको मेयर भागबन्डामा माओवादी केन्द्रको भागमा परेको छ।

लुम्बिनी प्रदेशमा रहेको घोराहीमा २०७४ मा ३७ हजार ७८७ पुरुष र ४० हजार ६४० महिला गरी कूल ७८ हजार ४२७ मतदाता थिए। अहिले बढेर पुरुष ५४ हजार २२१ र महिला ५८ हजार ७०६ गरी जम्मा एक लाख १२ हजार ९२७ पुगेका छन्।

बागमती प्रदेशको हेटौंडा उपमहानगरपालिका २० हजार ८३४ मतदाता बढेका छन्। जुन एकीकृत समाजवादीले पाएको छ। माओवादीले नै पाएको जितपुर–सिमरा उपमहानगरपालिकामा १३ हजार ४०४ मतदाता नयाँ छन्। 

जनता समाजवादी पार्टी पाएको धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा ११ हजार १७५ जना मतदाता बढेका छन्।

कांग्रेसले पाएको लुम्बिनी प्रदेशको तुलसीपुर उपमहानगरपालिकामा ३० हजार ७८४ मतदाता, रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिकामा २३ हजार ४०२, बाँकेको नेपालगञ्जमा १९ हजार ३९७, सुनसरीको इटहरी उपमहानगरपालिकामा २६ हजार ९२९, धरान उपमहानगरपालिकामा २१ हजार ३४, धनगढीमा १६ हजार ७२१ र बारा कलैया उपमहानगरपालिका १३ हजार ८६६ जना नयाँ मतदाता छन्।

गगनको डरमै प्रहार
माथिको तथ्यांक केलाउँदा महामन्त्री थापाको डरमै प्रहार भएको छ। थापा भन्छन्, '३० औं लाख नयाँ मतदाता आएका छन्। उनीहरुलाई हाम्रो पार्टीसँग जोड्नुपर्छ। अरु पार्टीबाट विरक्तिएका मतदाता थपेर हामीले हाम्रो पार्टीलाई ४० देखि ४५ प्रतिशत मतभार लिनुपर्छ। त्यसपछि कुनै पनि कम्युनिस्ट पार्टीसँग डराउनुपर्दैन।'

तर, चुनावी तालमेलका कारण कांग्रेसले नयाँ मतदातालाई आफ्नो पार्टीमा जोड्ने विशेष अभियान छेड्न असफल भएको छ। गठबन्धनलाई नै मत माग्नुपर्ने भएकाले रुख बाहेकका चिह्नमा समेत भोट माग्नुपर्ने भएको छ। 

थपिएका ३६ लाखमा आफ्नो हिस्साका नयाँ मतदाता एमालेले आफूतिर आकर्षित गर्नेछ। बाँकी रहेका नयाँ मतदाता कांग्रेसले सँगै गठबन्धनमा सामेल दुई कम्युनिस्ट पार्टीहरुसँग भागबन्डा गर्नुपर्नेछ।

तीन कम्युनिस्ट पार्टी बलिया रहिरहँदासम्म थापाले भनेजस्तै कांग्रेसले लिने नीति हो- कम्युनिस्ट पार्टी नमिलुन्। उनी भन्छन्, 'हामी सधैं डराउने भयौं। अहिले सँगसँगै लिएनौं भने अर्को पार्टीसँग मिल्छ कि भनेर डराउने भयौं। फेरि चुनाव जितेपछि ती पार्टीले समर्थन दिने हो कि होइन? भनेर डराउने भयौं। हामीसँग अहिले भएका मतले पुग्दैन, थप्नुपर्छ भन्ने कोणबाट सोच्यौं भने बल्ल हामी ठीक ठाउँमा उभिएका हुनेछौं। तर, अहिलेका लागि उनीहरु नमिलुन् भन्ने सोच्ने कुरा पनि अन्यथा होइन।'

प्रकाशित मिति: बिहीबार, वैशाख ८, २०७९  १९:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्