काठमाडौं– नेपाली कांग्रेसले महानगरपालिका र उपमहानगरपालिकाका उम्मेदवार टुंगो लगाउन भोलि, शुक्रबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
शुक्रबार दिउँसो २ बजे केन्द्रीय कार्यालय, सानेपामा बैठक बोलाइएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
सत्ता गठबन्धनको बैठकमा बुधबार नेपाली कांग्रेसले काठमाडौं, ललितपुर, विराटनगरमा मेयर पाउने सहमति भएको थियो।
त्यस्तै, भरतपुर, पोखरा र वीरगञ्जमा कांग्रेसले उपमेयर पाउनेछ। काठमाडौंमा मेयरका लागि नगर समितिले आज मात्र नाम सिफारिस गरेको छ।
ललितपुरमा र विराटनगरबाट पनि यसअघि नै सिफारिस भइसकेको छ।
कुनै पनि महानगरबाट एक जना मात्र उम्मेदवारको नाम सिफारिस भएको छैन। जसले गर्दा उम्मेदवार टुंगो लगाउन कांग्रेसलाई सकस छ।
त्यस्तै, स्थानीय तहमा प्रमुख र उपप्रमुखको उम्मेदवार हुनेहरूको मापदण्ड समेत भोलिकै बैठकले बनाउने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।