काठमाडौं- नेकपा एमालेले गण्डकी र लुम्बिनी प्रदेशका सांसदहरुलाई मेयरको टिकट नदिने निर्णय गरेको छ।
बिहीबार बसेको सचिवालय बैठकले यी दुई प्रदेशमा सत्ता परिवर्तनको सम्भावना कामय रहेको भन्दै यस्तो निर्णय गरेको हो।
एमाले उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले भने, 'सरकार बनाउने सम्भावना कायम रहेकै प्रदेशमा सांसदलाई मेयरको टिकट दिएर आत्मघाती खेल खेल्दैनौं।'
बागमती प्रदेशमा सत्ता परिवर्तनको सम्भावना न्युन भएकाले प्रदेश सांसद विजय सुवेदीलाई भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार बनाइएको उनले बताए।
गण्डकी र लुम्बिनी प्रदेश अन्तर्गतका महानगर र उपमहानगरमा प्रदेश सांसद् समेत मेयरका आकांक्षी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।