काठमाडौं– निर्वाचन आयोगले ५३ जिल्लाका लागि १ करोड १९ लाख मतपत्र छपाइ गरेको छ।
निर्वाचन आयोगले बिहीबार गरेको पत्रकार सम्मेलनमा ५३ जिल्लाका लागि मतपत्र छापिएको जानकारी गराइएको हो।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बाँकी जिल्लाको मतपत्र छपाइको काम तिव्रताका साथ भइरहेको बताए।
आयोगले ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृत र पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ। त्यस्तै, मुगु, अछाम, काठमाडौं लगायतका जिल्लामा निर्वाचन सामग्री पठाउन सुरु गरेको प्रवक्ता शर्माले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।