काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बैठक सुरु भएको हो।
आगामी स्थानीय तहको निर्वाचनका लागि महानगर र उपमहानगरपालिकाको उम्मेद्वारको विषयमा छलफल गर्न सचिवालय बैठक बसिरहेको हो।
बैठकले उम्मेदवारको मापदण्डका विषयमा छलफल गरी टुंगो लगाउने एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले बताइन्।
सत्तागठबन्धनले महानगर र उपमहानगरको भागबण्डा टुंगो लगाएपछि प्रमुख प्रतिपक्षी एमालेको सचिवालय बैठक बसिरहेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।