काठमाडौं– धरान उपमहानरपालिकामा सत्ता गठबन्धनले वडास्तरमा एउटै चुनाव चिह्न लिएर निर्वाचनमा भाग लिने सहमति गरेका छन्।
सबै दलका उम्मेदवारले एउटै चुनाव चिह्नबाट लड्ने सहमति भएको उनीहरूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
‘वडामा जुन पार्टीले वडा अध्यक्षको टिकट पाएको छ, सोही पार्टीको चुनाव चिह्नबाट सदस्यहरू उम्मेदवार बन्ने सहमति भएको छ’, विज्ञप्तिमा भनिएको छ।
धरानमा कांग्रेसले मेयरसहित १, २, ५, ६, ७, ८, ९, ११, १२, १३, १४, १६ र १८ गरी १३ वटा वडाको अध्यक्ष पाएको छ।
यस्तै, माओवादी केन्द्रले उपमेयरसहित चारवटा वडा ३, १५, १७ र २० को वडाध्यक्ष पाएको छ भने जसपाको भागमा १० र १९ वडा अध्यक्ष र एकीकृत समाजवादीको भागमा वडा नम्बर ४ को अध्यक्ष भाग परेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।