• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ ३, २०८२ Sat, Jan 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

फिल्म क्षेत्रका यी जोडी : पर्दामा र पर्दाबाहिर पनि सँगसँगै

64x64
नेपाल लाइभ बिहीबार, वैशाख ८, २०७९  ०८:३५
1140x725

काठमाडौं– चलचित्र क्षेत्र यस्तो ठाउँ हो, जहाँ अनस्किन जोडीलाई रुचाउने धेरै हुन्छन्। फिल्म होस वा म्युजिक भिडियो, पर्दामा देखिएका जोडीहरुलाई दर्शकले रुचाउँछन्। दर्शकको चाहना हुन्छ– पर्दामा सँगै देखिएका जोडी कलाकार वास्तविक जीवनमा पनि सँगै देखिऊन्। तर, यस्ता कलाकार भने यर्थाथमा थोरै मात्र हुन्छन्। 

नेपाली सिनेमा क्षेत्रमा पनि यस्ता केही कलाकार छन्, जसको जोडीलाई स्क्रिनमा त दर्शकले रुचाएका थिए नै वास्तविक जीवनमा पनि उनीहरु जोडी बन्न पुगे। पर्दामा र पर्दा बाहिर पनि जोडी रहेका केही कलाकारहरु नेपाली मनोरञ्जन क्षेत्रमा निकै चर्चित छन्। पर्दा बाहिर र भित्र चर्चित रहेका कलाकारहरुमा निश्चल बस्नेत–स्वस्तिमा खड्का, निखिल उप्रेती– सञ्चिता लुइटेल, सिताराम कट्टेल–कुञ्जना घिमिरे, वर्षा राउत–सन्जोग कोइराला लगायतका केही कलाकारहरु छन्। 

निखिल र सञ्चिताको जोडी : ‘माया त माया हो’पछि पर्दाबाहिर पनि सँगै
नेपाली चलचित्र क्षेत्रमा निकै रुचाइएका कलाकार हुन निखिल उप्रेती। एक समयको फिल्म उद्योगमा उनी चल्ने फिल्महरु हिट हुने पक्का थियो। निखिल जस्तै रुचाइएकी अभिनेत्री हुन सञ्चिता लुइँटेल। पर्दामा चर्चित यी जोडी वास्तविक जीवनमा पनि जोडी रहेका छन्। 

निखिल र सञ्चिताको जोडीले ‘माया त माया हो’ नामकको चलचित्रमा सँगै काम गरेको थियो। फिल्ममा उनीहरुको जोडीलाई दर्शकले निकै रुचाएका थिए। पर्दामा दर्शकले रुचाएको यो जोडी पछि वास्तविक जीवनमा पनि एकअर्काको जोडी नै बन्न पुगे। 

सञ्चिता र निखितले सँगै खेलेको माया त माया हो फिल्म रिलिज भएको केही समयमा नै उनीहरुले प्रेम विवाह गरेका थिए। उनीहरुको प्रेमलाई लिएर फिल्म क्षेत्रमा चर्चा हुँदै गर्दा उनीहरुको विवाह भएको थियो।

नेपालमा केही चलचित्रमा सँगै काम गरेका सञ्चिता र निखिल आफ्नो समयमा निकै सफल पनि थिए। पछिल्लो केही समय उनीहरुको जोडी भारतको मुम्बईमा बसेको थियो। निखिलले हिन्दी फिल्म बनाउने र उतै बस्ने हल्लाका बीच सञ्चिता र निखिलको जोडी मुम्बईमा थियो।

मुम्बईमा उनीहरु पाँच वर्ष बसेर नेपाल फर्किए। मुम्बईमा निखिलले फिल्म त बनाउन सकेनन्। तर, सञ्चिता र उनीबीचको प्रेम भने थप विस्तार भएको थियो।

हाल निखिल र सञ्चिता दुवै जना नेपालमै छन्। फिल्मको पर्दामा कम देखिने पनि उनीहरु अहिले आफ्ना दुई सन्तान अभिभावक रहेका छन्। 

Ncell 2
Ncell 2

प्रियंका र आयुषमानको जोशी : पर्दामा पनि बोल्ड, पर्दाबाहिर पनि बोल्ड

नेपाली फिल्म तथा म्युजिक भिडियोमा देखिने बोल्ड र भर्सटायल अभिनेत्री हुन प्रियंका कार्की। प्रियंका आफ्नो करिअरमा निकै सफल हिरोइनको रुपमा मानिन्छिन्। आफ्नो कामलाई लिएर उनमा भएको मिहेनतसँगै दर्शकले पनि उनलाई निकै रुचाउने गरेका छन्। यिनै अभिनेत्री प्रियंका पनि फिल्मी क्षेत्रकै आयुषमान देशराज जोशीसँग प्रेमपछि विवाह गरेकी छिन्। केही समयअघि उनीहरुकी एक छोरी आयन्का कार्कीको पनि जन्म भएको छ।

प्रियंका र आयुषमानको प्रेम फिल्मकै सेटमा सुरु भएको थियो। प्रियंकाको अभिनय रहेको फिल्म ‘कथा काठमाण्डुको सुटिङका क्रममा उनीहरु प्रेम सम्बन्धमा बाँधिन पुगेका थिए। उनीहरुको यो प्रेम सम्बन्ध दुई वर्षसम्म चलेको थियो। सार्वजनिक रुपमै उनीहरुले प्रेम सम्बन्धलाई स्वीकार गरेर अघि बढेका थिए। फिल्म क्षेत्रमा कलाकारले प्रेम सम्बन्ध लुकाउने गरेको ठीक विपरित आयुषमान र प्रियंकाले भने बोल्ड रुपमा आफ्नो प्रेम सम्बन्धलाई सार्वजनिक गरे।

प्रेम सम्बन्धमा केही वर्ष रहेपछि प्रियंका र आयुषमानले धुमधामसँग विवाह गरेका थिए। छोरीको जन्मका कारण प्रियंका केही समययता फिल्मभन्दा बाहिर छिन्। तर, अब भने उनी पुनः फिल्म क्षेत्रमा कमब्याक गर्दैछिन्। बुधबारमात्रै उनले सामाजिक सञ्जालमा आफ्नो प्रदर्शन हुन लागेको फिल्म ‘लक्का जवान’को प्रचारमा आउन पाउँदा सुखद महसुस गरेको बताएकी छिन्। 

स्वस्तिमा र निश्चलः भर्सटायल र ट्यालेन्टेड

भर्सटायल र निकै ट्यालेन्टेड अभिनेत्री स्वस्तिमा खड्का र नेपाली फिल्म उद्योगको एउटा माइलस्टोन बनेको फिल्म ‘लुट’ फिल्मका निर्देशक निश्चल बस्नेत पनि वास्तविक जीवनका जोडी हुन्। म्युजिक भिडियोमा उनीहरु थुप्रै पटक सँगै पनि देखिएका छन्। फिल्म क्षेत्रमा उनीहरुको जोडीलाई निकै सफल र उदाहरणीय रुपमा हेरिन्छ।

निश्चल र स्वस्तिमाको प्रेम विवाह भएको हो। विवाहअघि उनीहरु लामो समयसम्म प्रेम सम्बन्धमा थिए। सोसियल मिडियाबाट सुरु भएको उनीहरुको प्रेम सम्बन्ध विस्तारै अनस्क्रिन पनि देखा परेको थियो। निश्चिलभन्दा १३ वर्ष कान्छी भएपनि स्वस्तिमा र निश्चलको जोडीलाई फिल्म क्षेत्र र दर्शकले पनि निकै रुचाएको जोडीको रुपमा चिनिन्छ। निश्चल र स्वस्तिमाको जोडी यतिसम्म चर्चित छ कि नेपाली युवापुसतामाझमा उनीहरुलाई ‘राष्ट्रिय दाजु’ र ‘राष्ट्रिय भाउजु’को नामले पनि बोलाइन्छ। 

स्वस्तिमाले बुलबुल, होस्टेल रिटर्न्स, दुई रुपैयाँ, हजार जुनीसम्म जस्ता निकै सफल र चर्चित फिल्ममा अभिनय गरिसकेकी छिन् भने निश्चल लुटजस्तो नेपाली फिल्म क्षेत्रमै परिवर्तन ल्याउने फिल्ममा निर्देशक रहेका छन्। हाल स्वस्तिमाको नयाँ फिल्म चिसो मान्छे पनि प्रदर्शनको तयारीमा रहेको छ।

वर्षा र सन्जोगः व्यवसायी र कलाकार जोडी

हिरोइन वर्षा राउत र अभिनेता तथा व्यवसायी सन्जोग कोइराला पनि फिल्म क्षेत्रबाटै वास्तविक जीवनमा जोडी बन्न पुगेको सम्बन्ध हो। उनीहरुले चार वर्षअघि आफ्नो ६ वर्ष पुरानो प्रेमलाई विवाहमा परिणत गरेका थिए।

वर्षा र सन्जोगको सम्बन्ध १० वर्ष पुरानो छ। उनीहरुले विवाह गरेकै चार वर्ष भइसकेको छ। प्रेम सम्बन्धमा हुँदा पनि उनीहरुले सार्वजनिक रुपमै आफ्नो सम्बन्धलाई स्वीकार गर्दै आएका थिए। विवाहपछि पनि एकअर्काको कामलाई साथ दिने र पर्दामा पनि सँगै देखिने यो जोडी व्यवसायिक र अभिनय दुवै क्षेत्रमा निकै सक्रिय भएको देखिन्छ।

सन्जोगले कथा काठमाडौं, उत्सव उर्वसीजस्ता केही फिल्ममा अभिनय गरेका छन भने वर्षा फिल्म क्षेत्रकी व्यस्त हिरोइन् हुन्। उनी हाल फिल्मसँगै म्युजिक भिडियोमा निकै व्यस्त रहेकी छिन।


सिताराम र कुञ्जनाः हास्यव्यंग्य, फिल्म र समाजसेवा
हास्यकलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेलाई कुनै परिचयको आवश्यकता छैन। आफूले ‘मेरी बास्सै’ टेलिसिरियलमा गरेको भूमिका धुर्मुस र सुन्तलीलाई लिएर उनीहरु चर्चित छन्। यो जोडी पनि पर्दामा जोडीको रुपमा अभिनय गर्दागर्दै वास्तविक जीवनमा पनि जोडीको रुपमा देखा परेको थियो। 

सन् २००६ बाट मेरी बास्सैमा काम गर्न थालेका सितारामले छोटो समयमा नै चर्चा कमाएका थिए। उनले उक्त कार्यक्रममा २४ भन्दा धेरै भूमिकाहरुमा अभिनय गरे। 

कार्यक्रमकै सेटमा भेट भएकी कुञ्जनासँग सितारामको प्रेम विवाह भएको हो। पर्दामा उनीहरु धुर्मुस र सुन्तलीको रुपमा एकअर्काको श्रीमानश्रीमतीको भूमिकामा देखा परेका थिए। पछि यो जोडी वास्तविक जीवनमा पनि श्रीमानश्रीमती बन्यो। उनीहरुले २००८ मा प्रेम विवाह गरे। 

त्यसयता यो जोडी पर्दामा पनि सँगै र वास्तविक जीवनमा पनि सँगै छ। हाल फिल्म उद्योगभन्दा बढी समाजसेवामा सक्रिय रहेको यो जोडीले पछिल्लो पटक ‘म त मर्छु कि क्या हो’ नामको फिल्ममा काम गरेको थियो। 

जीवन र लक्ष्मीः रंगमञ्चबाट बनेको जोडी

रंगमञ्चमा परिचित नाम हो लक्ष्मी वर्देवा र जीवन भट्टराई। नाट्य क्षेत्रमार्फत अभिनयमा परिचित भएको उनीहरु फिल्मदेखि म्युजिक भिडियोमा पनि जीवन्त अभिनयलाई लिएर चर्चित छन्। पर्दामा सँगै देखिने यो जोडी वास्तविक जीवनमा पनि जोडी रहेको छ। उनीहरुले २०७५ फाल्गुनमा लगनगाँठो बाँधेका थिए। 

विवाहभन्दा चार वर्षअघि मण्डला थिएटरबाट सुरु भएको भट्टराई र वर्देवाको प्रेम सम्बन्धमा चार वर्षपछि विवाहमा परिणत भयो। अन्तरजातीय प्रेम विवाह भएका कारण पनि उनीहरु चर्चामा रहे। तर, त्यो भन्दा महत्वपूर्ण दुवैले गर्ने अभिनयका कारण यो जोडी दर्शकको मनमुटुमा छाएको छ। 

थिएटरमा फर्किएको यो प्रेमिल जोडीले अहिले सँगै म्युजिक भिडियो निर्देशकदेखि परिकल्पना र सँगै अभिनय पनि गरिरहेको छ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख ८, २०७९  ०८:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै
आज यी दुई प्रदेशका उच्च पहाडी स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
निर्वाचन आयोगको निर्णयप्रति देउवा पक्ष आक्रोशित, सबै प्रकारका लडाइँमा उत्रिने खड्काको चेतावनी
सम्बन्धित सामग्री
किताब जात्रामा कविताका साथमा गुन्जिए नायक नाजिर हुसेन उनले आफ्नो सानो हत्केलामा बाआमाका औंला समात्दै तातेताते गर्दै हिँडेको अनुभूति मात्र व्यक्त गरेनन्। आमाको न्यानो काख र कोखको चर्चा गर... बिहीबार, मंसिर २५, २०८२
भारतीय अभिनेता असरानीको निधन उनी ८४ वर्षका थिए। लामो बिरामीका कारण उनको निधन भएको परिवारजनले जानकारी दिएका छन्। मंगलबार, कात्तिक ४, २०८२
निःसन्तान जोडीको कथामा रामजी ज्ञवालीले बनाए ‘निःशब्द’ हाल पोस्ट–प्रोडक्सनको अन्तिम चरणमा रहेको ‘निःशब्द’लाई निर्देशक ज्ञवालीले च्यारिटी शोमार्फत दर्शकसमक्ष ल्याउने, अन्तर्राष्ट्रिय फिल्म... शुक्रबार, साउन ९, २०८२
ताजा समाचारसबै
तिला नदीमा जिप खस्दा तीन जनाको मृत्यु शनिबार, माघ ३, २०८२
देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै शनिबार, माघ ३, २०८२
आज यी दुई प्रदेशका उच्च पहाडी स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगको निर्णयप्रति देउवा पक्ष आक्रोशित, सबै प्रकारका लडाइँमा उत्रिने खड्काको चेतावनी शुक्रबार, माघ २, २०८२
देउवा पक्षको आक्रोश – निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
पेट्रोलियम पदार्थको मूल्य घट्यो शुक्रबार, माघ २, २०८२
देउवा पक्षको आक्रोश – निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो शुक्रबार, माघ २, २०८२
कांग्रेस कार्यवाहक सभापति खड्काले केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्