• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

फिल्म क्षेत्रका यी जोडी : पर्दामा र पर्दाबाहिर पनि सँगसँगै

64x64
नेपाल लाइभ बिहीबार, वैशाख ८, २०७९  ०८:३५
1140x725

काठमाडौं– चलचित्र क्षेत्र यस्तो ठाउँ हो, जहाँ अनस्किन जोडीलाई रुचाउने धेरै हुन्छन्। फिल्म होस वा म्युजिक भिडियो, पर्दामा देखिएका जोडीहरुलाई दर्शकले रुचाउँछन्। दर्शकको चाहना हुन्छ– पर्दामा सँगै देखिएका जोडी कलाकार वास्तविक जीवनमा पनि सँगै देखिऊन्। तर, यस्ता कलाकार भने यर्थाथमा थोरै मात्र हुन्छन्। 

नेपाली सिनेमा क्षेत्रमा पनि यस्ता केही कलाकार छन्, जसको जोडीलाई स्क्रिनमा त दर्शकले रुचाएका थिए नै वास्तविक जीवनमा पनि उनीहरु जोडी बन्न पुगे। पर्दामा र पर्दा बाहिर पनि जोडी रहेका केही कलाकारहरु नेपाली मनोरञ्जन क्षेत्रमा निकै चर्चित छन्। पर्दा बाहिर र भित्र चर्चित रहेका कलाकारहरुमा निश्चल बस्नेत–स्वस्तिमा खड्का, निखिल उप्रेती– सञ्चिता लुइटेल, सिताराम कट्टेल–कुञ्जना घिमिरे, वर्षा राउत–सन्जोग कोइराला लगायतका केही कलाकारहरु छन्। 

निखिल र सञ्चिताको जोडी : ‘माया त माया हो’पछि पर्दाबाहिर पनि सँगै
नेपाली चलचित्र क्षेत्रमा निकै रुचाइएका कलाकार हुन निखिल उप्रेती। एक समयको फिल्म उद्योगमा उनी चल्ने फिल्महरु हिट हुने पक्का थियो। निखिल जस्तै रुचाइएकी अभिनेत्री हुन सञ्चिता लुइँटेल। पर्दामा चर्चित यी जोडी वास्तविक जीवनमा पनि जोडी रहेका छन्। 

निखिल र सञ्चिताको जोडीले ‘माया त माया हो’ नामकको चलचित्रमा सँगै काम गरेको थियो। फिल्ममा उनीहरुको जोडीलाई दर्शकले निकै रुचाएका थिए। पर्दामा दर्शकले रुचाएको यो जोडी पछि वास्तविक जीवनमा पनि एकअर्काको जोडी नै बन्न पुगे। 

सञ्चिता र निखितले सँगै खेलेको माया त माया हो फिल्म रिलिज भएको केही समयमा नै उनीहरुले प्रेम विवाह गरेका थिए। उनीहरुको प्रेमलाई लिएर फिल्म क्षेत्रमा चर्चा हुँदै गर्दा उनीहरुको विवाह भएको थियो।

नेपालमा केही चलचित्रमा सँगै काम गरेका सञ्चिता र निखिल आफ्नो समयमा निकै सफल पनि थिए। पछिल्लो केही समय उनीहरुको जोडी भारतको मुम्बईमा बसेको थियो। निखिलले हिन्दी फिल्म बनाउने र उतै बस्ने हल्लाका बीच सञ्चिता र निखिलको जोडी मुम्बईमा थियो।

मुम्बईमा उनीहरु पाँच वर्ष बसेर नेपाल फर्किए। मुम्बईमा निखिलले फिल्म त बनाउन सकेनन्। तर, सञ्चिता र उनीबीचको प्रेम भने थप विस्तार भएको थियो।

हाल निखिल र सञ्चिता दुवै जना नेपालमै छन्। फिल्मको पर्दामा कम देखिने पनि उनीहरु अहिले आफ्ना दुई सन्तान अभिभावक रहेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

प्रियंका र आयुषमानको जोशी : पर्दामा पनि बोल्ड, पर्दाबाहिर पनि बोल्ड

नेपाली फिल्म तथा म्युजिक भिडियोमा देखिने बोल्ड र भर्सटायल अभिनेत्री हुन प्रियंका कार्की। प्रियंका आफ्नो करिअरमा निकै सफल हिरोइनको रुपमा मानिन्छिन्। आफ्नो कामलाई लिएर उनमा भएको मिहेनतसँगै दर्शकले पनि उनलाई निकै रुचाउने गरेका छन्। यिनै अभिनेत्री प्रियंका पनि फिल्मी क्षेत्रकै आयुषमान देशराज जोशीसँग प्रेमपछि विवाह गरेकी छिन्। केही समयअघि उनीहरुकी एक छोरी आयन्का कार्कीको पनि जन्म भएको छ।

प्रियंका र आयुषमानको प्रेम फिल्मकै सेटमा सुरु भएको थियो। प्रियंकाको अभिनय रहेको फिल्म ‘कथा काठमाण्डुको सुटिङका क्रममा उनीहरु प्रेम सम्बन्धमा बाँधिन पुगेका थिए। उनीहरुको यो प्रेम सम्बन्ध दुई वर्षसम्म चलेको थियो। सार्वजनिक रुपमै उनीहरुले प्रेम सम्बन्धलाई स्वीकार गरेर अघि बढेका थिए। फिल्म क्षेत्रमा कलाकारले प्रेम सम्बन्ध लुकाउने गरेको ठीक विपरित आयुषमान र प्रियंकाले भने बोल्ड रुपमा आफ्नो प्रेम सम्बन्धलाई सार्वजनिक गरे।

प्रेम सम्बन्धमा केही वर्ष रहेपछि प्रियंका र आयुषमानले धुमधामसँग विवाह गरेका थिए। छोरीको जन्मका कारण प्रियंका केही समययता फिल्मभन्दा बाहिर छिन्। तर, अब भने उनी पुनः फिल्म क्षेत्रमा कमब्याक गर्दैछिन्। बुधबारमात्रै उनले सामाजिक सञ्जालमा आफ्नो प्रदर्शन हुन लागेको फिल्म ‘लक्का जवान’को प्रचारमा आउन पाउँदा सुखद महसुस गरेको बताएकी छिन्। 

स्वस्तिमा र निश्चलः भर्सटायल र ट्यालेन्टेड

भर्सटायल र निकै ट्यालेन्टेड अभिनेत्री स्वस्तिमा खड्का र नेपाली फिल्म उद्योगको एउटा माइलस्टोन बनेको फिल्म ‘लुट’ फिल्मका निर्देशक निश्चल बस्नेत पनि वास्तविक जीवनका जोडी हुन्। म्युजिक भिडियोमा उनीहरु थुप्रै पटक सँगै पनि देखिएका छन्। फिल्म क्षेत्रमा उनीहरुको जोडीलाई निकै सफल र उदाहरणीय रुपमा हेरिन्छ।

निश्चल र स्वस्तिमाको प्रेम विवाह भएको हो। विवाहअघि उनीहरु लामो समयसम्म प्रेम सम्बन्धमा थिए। सोसियल मिडियाबाट सुरु भएको उनीहरुको प्रेम सम्बन्ध विस्तारै अनस्क्रिन पनि देखा परेको थियो। निश्चिलभन्दा १३ वर्ष कान्छी भएपनि स्वस्तिमा र निश्चलको जोडीलाई फिल्म क्षेत्र र दर्शकले पनि निकै रुचाएको जोडीको रुपमा चिनिन्छ। निश्चल र स्वस्तिमाको जोडी यतिसम्म चर्चित छ कि नेपाली युवापुसतामाझमा उनीहरुलाई ‘राष्ट्रिय दाजु’ र ‘राष्ट्रिय भाउजु’को नामले पनि बोलाइन्छ। 

स्वस्तिमाले बुलबुल, होस्टेल रिटर्न्स, दुई रुपैयाँ, हजार जुनीसम्म जस्ता निकै सफल र चर्चित फिल्ममा अभिनय गरिसकेकी छिन् भने निश्चल लुटजस्तो नेपाली फिल्म क्षेत्रमै परिवर्तन ल्याउने फिल्ममा निर्देशक रहेका छन्। हाल स्वस्तिमाको नयाँ फिल्म चिसो मान्छे पनि प्रदर्शनको तयारीमा रहेको छ।

वर्षा र सन्जोगः व्यवसायी र कलाकार जोडी

हिरोइन वर्षा राउत र अभिनेता तथा व्यवसायी सन्जोग कोइराला पनि फिल्म क्षेत्रबाटै वास्तविक जीवनमा जोडी बन्न पुगेको सम्बन्ध हो। उनीहरुले चार वर्षअघि आफ्नो ६ वर्ष पुरानो प्रेमलाई विवाहमा परिणत गरेका थिए।

वर्षा र सन्जोगको सम्बन्ध १० वर्ष पुरानो छ। उनीहरुले विवाह गरेकै चार वर्ष भइसकेको छ। प्रेम सम्बन्धमा हुँदा पनि उनीहरुले सार्वजनिक रुपमै आफ्नो सम्बन्धलाई स्वीकार गर्दै आएका थिए। विवाहपछि पनि एकअर्काको कामलाई साथ दिने र पर्दामा पनि सँगै देखिने यो जोडी व्यवसायिक र अभिनय दुवै क्षेत्रमा निकै सक्रिय भएको देखिन्छ।

सन्जोगले कथा काठमाडौं, उत्सव उर्वसीजस्ता केही फिल्ममा अभिनय गरेका छन भने वर्षा फिल्म क्षेत्रकी व्यस्त हिरोइन् हुन्। उनी हाल फिल्मसँगै म्युजिक भिडियोमा निकै व्यस्त रहेकी छिन।


सिताराम र कुञ्जनाः हास्यव्यंग्य, फिल्म र समाजसेवा
हास्यकलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेलाई कुनै परिचयको आवश्यकता छैन। आफूले ‘मेरी बास्सै’ टेलिसिरियलमा गरेको भूमिका धुर्मुस र सुन्तलीलाई लिएर उनीहरु चर्चित छन्। यो जोडी पनि पर्दामा जोडीको रुपमा अभिनय गर्दागर्दै वास्तविक जीवनमा पनि जोडीको रुपमा देखा परेको थियो। 

सन् २००६ बाट मेरी बास्सैमा काम गर्न थालेका सितारामले छोटो समयमा नै चर्चा कमाएका थिए। उनले उक्त कार्यक्रममा २४ भन्दा धेरै भूमिकाहरुमा अभिनय गरे। 

कार्यक्रमकै सेटमा भेट भएकी कुञ्जनासँग सितारामको प्रेम विवाह भएको हो। पर्दामा उनीहरु धुर्मुस र सुन्तलीको रुपमा एकअर्काको श्रीमानश्रीमतीको भूमिकामा देखा परेका थिए। पछि यो जोडी वास्तविक जीवनमा पनि श्रीमानश्रीमती बन्यो। उनीहरुले २००८ मा प्रेम विवाह गरे। 

त्यसयता यो जोडी पर्दामा पनि सँगै र वास्तविक जीवनमा पनि सँगै छ। हाल फिल्म उद्योगभन्दा बढी समाजसेवामा सक्रिय रहेको यो जोडीले पछिल्लो पटक ‘म त मर्छु कि क्या हो’ नामको फिल्ममा काम गरेको थियो। 

जीवन र लक्ष्मीः रंगमञ्चबाट बनेको जोडी

रंगमञ्चमा परिचित नाम हो लक्ष्मी वर्देवा र जीवन भट्टराई। नाट्य क्षेत्रमार्फत अभिनयमा परिचित भएको उनीहरु फिल्मदेखि म्युजिक भिडियोमा पनि जीवन्त अभिनयलाई लिएर चर्चित छन्। पर्दामा सँगै देखिने यो जोडी वास्तविक जीवनमा पनि जोडी रहेको छ। उनीहरुले २०७५ फाल्गुनमा लगनगाँठो बाँधेका थिए। 

विवाहभन्दा चार वर्षअघि मण्डला थिएटरबाट सुरु भएको भट्टराई र वर्देवाको प्रेम सम्बन्धमा चार वर्षपछि विवाहमा परिणत भयो। अन्तरजातीय प्रेम विवाह भएका कारण पनि उनीहरु चर्चामा रहे। तर, त्यो भन्दा महत्वपूर्ण दुवैले गर्ने अभिनयका कारण यो जोडी दर्शकको मनमुटुमा छाएको छ। 

थिएटरमा फर्किएको यो प्रेमिल जोडीले अहिले सँगै म्युजिक भिडियो निर्देशकदेखि परिकल्पना र सँगै अभिनय पनि गरिरहेको छ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख ८, २०७९  ०८:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी : १ हजार २०४ शव फेला, ४ हजार बढी अझै सम्पर्कविहीन
पत्रकार बशन्त उपाध्यायको निधन
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट
सम्बन्धित सामग्री
दीपकराज गिरीले गरे बाढीपीडितलाई तीन लाख सहयोगको घोषणा पाली फिल्मका अभिनेता दीपकराज गिरीले बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीबाट पीडित बनेकाहरुका लागि राहत कोषमा तीन लाख रुपैयाँ सहयोगको... शुक्रबार, भदौ १२, २०८३
‘मुसुमुसु हाँसिदेऊ’का गायक शान नेपालमा, पशुपतिदेखि मःमसम्मको योजना सन् १९९९ को हिन्दी चलचित्र ‘प्यार मे कभी कभी’मा समावेश नेपाली शब्द रहेको चर्चित गीत ‘मुसुमुसु हाँसिदेऊ’ले उनलाई नेपाली स्रोतामाझ पनि... शुक्रबार, भदौ ५, २०८३
कलंकीमा खुल्यो मेदान्त स्किन केयर एण्ड वेलनेस सेन्टर, नायिका रेखा थापाले गरिन् उद्घाटन बुधबार, भदौ ३, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी : १ हजार २०४ शव फेला, ४ हजार बढी अझै सम्पर्कविहीन बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढी : चीन र अमेरिकाबाट आयो लाखौं डलरहको राहत सामग्री बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढीमा बगेका ९ शव भारतबाट नेपाल ल्याइयो बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सिके राउतले हारे मुद्दा मंगलबार, भदौ १६, २०८३
एमाले नेतृ झाँक्रीको दाबी– युरेनियमका कारण सरकारले अझ यो भन्दा दर्दनाक विपद् निम्त्याउन बाँकी छ मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्