काठमाडौं– लामो समयदेखि पर्दामा नदेखिएका बलिउड अभिनेता शाहरुख खान कमब्याकको तयारीमा छन्। उनको फिल्म ‘पठान’ प्रदर्शनको तयारीमा छ भने हालसालै बलिउडका निर्देशक राजकुमार हिरानीसँग उनले नयाँ फिल्ममा काम गर्ने घोषणा पनि गरिएको छ।
हिरानीको निर्देशनमा बन्ने ‘डंकी’ फिल्ममा खानले काम गर्ने अधिकारिक घोषणा भएको छ। फिल्मको घोषणासँगै यो फिल्म बन्ने विषय पनि सार्वजनिक भएको छ।
हिरानी र खानले पहिलोपटक सँगै काम गर्न लागेको फिल्ममा सीमा अध्यागमनको कथा हुनेछ। फिल्म सामाजिक कथामा बन्ने र भारतको पञ्जाब राज्यको कथालाई देखाइनेछ। पञ्जाबबाट क्यानडा जानका लागि संघर्षपूर्ण यात्रा गर्ने व्यक्रिको कथालाई लिएर फिल्म बन्न लागेको हो।
फिल्मको नाम ‘डंकी’लाई लिएर अहिले सामाजिक सञ्जालमा ‘डंकी फ्लाइट’ अर्थात सिमाना पार गर्ने अवैध बाटोको पनि चर्चा भइरहेको छ। अवैध सिमा अध्यागमनको विषयलाई समेटिने भएकाले पनि फिल्मको नाम यो राखिएको छ।
शाहरुख र हिरानीले केही दिनअघि एक भिडियोमार्फत फिल्मको घोषणा गरेका थिए। यो फिलमलाई जियो स्टुडियोज, रेड चिलिज इन्टरटेनमेन्ट र राजकुमारी हिरानी फिल्म्सले संयुक्त रुपमा बनाउन लागेका हुन्। फिल्ममा शाखरुखसँग बलिउड अभिनेत्री तापसी पन्नु पनि मुख्य भूमिकामा देखिँदै छिन्।
निर्देशक हिरानीसँगै अभिजात जोशी र कनिका ढिल्लोंले लेखेको यो फिल्म २२ डिसेम्बर २०२३ मा प्रदर्शनमा आउने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।